सिद्धान्त लोहनीको कप्तानीमा पिएम कपका लागि प्रदेश १को टिम घोषणा

Read Time:2 मिनेट

आसन्न प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताका लागि प्रदेश १ को टिम घोषणा गरिएको छ। पिएम कपका लागि प्रदेश १ ले पूर्व राष्ट्रिय खेलाडी तथा आक्रामक ब्याट्सम्यान सिद्धान्त लोहनीको कप्तानीमा १४ सदस्यीय टिम घोषणा गरेको हो।

टिममा सिद्धान्तसँगै स्पिनर दीपेश कँडेल, युवा ब्याट्सम्यान सोनु अन्सारी, फिर्दोस अन्सारी, अंकित सुवेदीलगायत छन्। टिमको प्रशिक्षकमा लाक्पा लामा छन् ।

टि–२० फ्र्म्याटमा हुने प्रतियोगितामा प्रदेश समूह एमा छ । यो समूहमा त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश छन् ।

पुस २६ देखि ५ गते सम्म चल्ने प्रतियोगितामा प्रदेश १ ले पुस २७ मा कर्णाली प्रदेशसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । यस्तै, उसले पुस २९ गते आर्मीसँग खेल्ने छ। यी दुवै खेल मुलपानी क्रिकेट मैदानमा हुनेछ।

यस्तै, उसले माघ १ गते कीर्तिपुरस्थित टियू मैदानमा नेपाल पुससँग खेल्ने छ भने माघ २ गते टियू मैदानमै उसले सुदूरपश्चिमको सामना गर्नेछ।

प्रदेश १ को टोलीः सिद्धान्त लोहनी (उपकप्तान), अंकित सुवेदी (उपकप्तान), सोनु अन्सारी, मुकुन्द यादव, मनोज तामाङ, फिर्दोस अन्सारी, श्रवण यादव, मिनाश थापा, दीपेश कँडेल, विवेक मेहता, शाकिब हक, बिधान गोस्वामी, सुमन श्रेष्ठ, कमल खत्री ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post चेल्सी र लेस्टर एफए कपको चौथो चरणमा
Next post कोराना महामरीबीच आजबाट सुरु हुँदै अफ्रिकन कप अफ नेसन्स
Close