टेस्ट जर्सीमा प्रायोजकको लोगो राख्न पाइने

अब क्रिकेटको सेतो जर्सीको अगाडि प्रायोजकको लोगो राख्न पाइने भएको छ । आईसिसीले कोरोना महामारीका कारण टिमलाई आर्थिक संकट आउने भन्दै टेस्टको जर्सीको अघिल्लो भागमा प्रायोजकको लोगो राख्न पाउने निर्णय गरेको हो ।

अब वेस्टइन्डिज र इंग्यान्डविरुद्धको टेस्ट सिरिजबाट यो नियम लागू हुने छ । आईसिसीको यो निर्णय पूर्णकालिन भने होइन्, आईसिसीले आगामी १ वर्षका लागि मात्र यस्तो निर्णय गरेको हो ।

टिमहरूलाई आर्थिकरुपमा अप्ठेरो परिस्थितीमा प्रायोजकसँगको सम्बन्ध सुमधुर बनाइरहन सघाउने हेतुले यस्तो निर्णय गरिएको आईसीसीले जनाएको छ । टेस्ट क्रिकेटको जर्सीमा प्रायोजकको लोगो प्रयोग गर्ने वेस्टइन्डिज पहिलो टिम हुने छ । उसले जुलाई ८मा हुने पहिलो टेस्टमा नै लोगो अंकीत जर्सी लगाउने छ । इंग्ल्यान्डले पनि सिरिजकै दौरान लोगोसहितको जर्सी प्रयोग गर्ने बताइएको छ।

टि–२० र वानडेको जर्सीमा भने पहिलेदेखि नै प्रायोजकको लोगे प्रयोग गर्ने गरिएको छ । आईसिसीले टेस्ट जर्सीमा लोगो प्रयोग गर्दा ३२ स्वायर इन्चभन्दा ठूलो प्रयोग गर्न नपाइने जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *