
नेपाल टि–२० लिग खेल्न आएका सिकन्दर राजा आईपिएल अक्सनमा बिके
नेपाल क्रिकेट संघ (क्यान)ले पहिलो पटक आयोजना गर्न लागेको फ्रेन्चाइज क्रिकेट लिग खेल्न आएका जिम्बाबेका अलराउन्डर सिकन्दर राजाले इन्डियन प्रिमियर लिग आईपिएल खेल्ने भएका छन्।
शुक्रबार भएको आईपिएल २०२३को मिनि अक्सनमा राजालाई पञ्जाब किंग्सले ५० लाख भारुमा किनेको हो। गत महिना अस्ट्रेलियामा भएको टि–२० विश्वकपमा बल र ब्याट दुवै उत्कृष्ट प्रदर्शन गरेपछि राजालाई पञ्जाबले किनेको हो। उनी विश्वकपको ड्रिम टिममा पनि परेका थिए।
शनिबारबाट सुरु हुने नेपाल टि–२० लिगमा राजा विराजगनर सुपर किंग्समा आबद्ध छन्।