जिम्बाबेका अलराउन्डर विराटनगरबाट इपिएल खेल्ने

जिम्बाबेका अलराउन्डर सिकन्द राजाले एभरेस्ट प्रिमियर लिग (इपिएल) खेल्ने भएका छन् । ३५ वर्षीय अलराउन्डर राजालाई चौथो संस्करणको इपिएलका लागि विराटनगर वारियर्सले अनुबन्धन गरेको छ।

यसअघि राजाले दोस्रो संरस्करणको इपिएल पनि खेल्ने तय भएको थियो। तर, अन्तिम समयमा उनले व्यक्तिगत कारणले इपिएल खेल्न नसक्ने जनाएका थिए । त्योबेला काडमाडौं किंग्स इलाभेनमा आबद्ध भएका थिए।

पारस खड्काको कप्तानीमा रहेको विराटनगरले सोमबार विज्ञप्ति जारी गर्दै सिकन्दर राजालाई अनुबन्धन गरेको उल्लेख गरेको छ।

ब्याटिङ अलरान्डर उनी दायाँ हाते ब्याट्सम्यान हुने भने लेगस्पिन बलिङ गर्छन् । राजाले जिम्बाबेका लागि ४२ टी–२०, १०५ एकदिवसीय र १७ टेस्ट खेलेका छन् ।

उनले टि–२०मा ५ सय २४ रन बनाएका छन् भने १३ विकेट पनि लिएका छन् । एकदिवसीय खेलमा सहभागीता जनाएका राजाले ३ शतकसहित २ हजार ९ सय ४३ रन बनाउनुका साथै ६२ विकेट पनि लिएका छन् ।

यसैगरी राजाले टेस्ट क्रिकेटमा १ हजार १ सय ८७ रन बनाएका छन् भने ३४ विकेट पनि लिएका छन् ।

इपिएलका असोज ९ देखि २३सम्म कीर्तिपुरस्थित टियू मैदानमा हुने छ। इपिएलका लागि पाकिस्तानका पूर्वक्रिकेटर साहिद अफ्रिदीदेखि श्रीलंकाका सुकुगे प्रसन्न, दिनेश चण्डीमल, वेस्टइन्डिजका कार्लोस ब्रेथवेटलगायतले इपिएल खेल्ने पक्का भइसकेको छ।

Facebook Comments Box