स्मिथ भन्छन्, कोहली महान क्रिकेटर

अस्ट्रेलियाका पूर्वकप्तान तथा ब्याट्सम्यान स्टिभ स्मिथ र भारतीय कप्तान विराट कोहली वर्तमान समयका दुई उत्कृष्ट ब्याट्सम्यान हुन् । यसमा दुईमत छैन, यसको प्रमाणका रुपमा उनीहरुको प्रदर्शन छन् ।

तिनै स्मिथले कोहलीलाई महान क्रिकेटको संज्ञा दिएका छन् । एक अन्तर्वार्ताका क्रममा स्मिथले मैदानभित्र कोहली महानी क्रिकेटर हुन भने बाहिर महान व्यक्ति भएको बताएका छन् ।

कोहलीको खेल्ने शैलीबाट प्रभावित भएको बताउँदै स्मिथले भने, ‘कोहली रोकिने छैनन् । उनमा रनको भोक छ । कोहलीले आगामी दिनमा धेरै ठूला रेकर्डहरू तोडेको देख्ने छौं ।’

रन चेजिङमा कोहली झन खतरानक भएको स्मिथले बताएका छन् । ‘रन चेजमा उनी एकदमै माहिर छन्, उनी परिस्थिति बुझेर आफ्नो ब्याट् चलाउँछन् । उनको ब्याटिङ रेकर्डले सबै कुरा बताउँछ,’ स्मिथले भनेका छन्, ‘मलाई लाग्छ उनी तीनै ढाँचामा एक अविश्वसनीय खेलाडी हुन् र हामी उनलाई धेरै रेकर्डहरू तोडेको देख्ने छौं । उनले धेरै रेकर्डहरू तोडिसकेका छन्, उनी रनका लागि भोकाएका छन् र उनी रोकिने छैनन् ।’

कोहलीसँग मैदान बाहिर पनि कुराकानी हुने गरेको बताउँदै उनी एक महान मानिस भएको बताएका छन् । वर्तामन भारतीय टिम एकदमै राम्रो भएकाले उनीसँग अस्ट्रेलिया टुरमा खेल्न चाहेको स्मिथले बताएका छन् ।

भारतले नोभेम्बर डिसेम्बरमा अष्ट्रेलियामा ३ टि–२०, ४ टेस्ट र ३ खेलको वानडे सिरिज खेल्ने कार्यक्रमम छ । स्थिमले भारतसँगको यी सिरिज एकमदै रोमाञ्चक हुने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *