एसिया कप क्रिकेटको डेब्यू खेलमा नेपालले अहिले एकदिवसी क्रिकेटको नम्बर १ टिम पाकिस्तानसँग खेल्दैछ। पाकिस्तानस्थित मुल्तान क्रिकेट मैदानमा ३४३ रनको विशाल लक्ष्य पछ्याइरहेको नेपालका लागि सोमपाल कामी र आरिफ सेखले इनिङ सम्हालिरहेका छन्।
सुरुआती २ ओभरमै माथिल्ला ३ ब्याट्सम्यान गुमाएको नेपालका लागि आरिफ र सोमपालले सम्हालिएको ब्याटिङ गर्दै चौथो विकेटका लागि अर्धशतकीय साझेदारी गरेका छन्। यी दुईले ७८ बलमा ५९ रनको साझेदारी गरेका छन्।
सोमपालले ४० बलमा २८ रन बनाएका छन् भने आरिफले ३४ बलमा २६ रन बनाएका छन्। यी बाहेक नेपालका लागि कुशल भुर्तेलले ९ रन बनाउँदा आसिफ सेखले ५ रन बनाए। कप्तान रोहितकुमार पौडेल शुन्य रनमा आउट भए।
पाकिस्तानका साहिद साह अफ्रिदीले २ तथा नसिम साहले १ विकेट लिए।
१४ ओभरको समाप्तिमा नेपालले ३ विकेटको क्षतिमा ७३ रन बनाएको छ।