टि-१० लिगमा सोमपालको उत्कृष्ट प्रदर्शन, तर उनको टिम पारजित

युएईमा जारी टि-१० लिगमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सोमपाल कामीले उत्कृष्ट प्रदर्शन गरेका छन् । बिहीबार भएको डेकन ग्लाडियटर्सविरुद्ध सोमपालले २ ओभर बलिङ गर्दै १२ रन खर्चिएर दुई विकेट लिए ।

सोमपालले अजिज खान र यारिस कलीमको विकेट लिएका थिए । दुवैलाई सोमपालले एउटै ओभरमा पभेलियन फर्काएका थिए । तर, सोमपालको उत्कृष्ट प्रदर्शनका बाबजुद उनको टिम मराठा अरबियन्स डेकनसँग २९ रनले पाजित भएको छ ।

पहिला ब्याटिङ गर्दै डेकन ग्लाडियटर्सले दिएको १२१ रनको लक्ष्य पछ्याएको मराठाले १० ओभरमा ३ विकेट गुमाएर ९१ रन मात्र बनाउन सक्यो । मराठाका लागि कप्तान मोसडेक होसेनले सर्वाधिक ४४ रन बनाए । इशान मलोत्राले २२ रन जोडे । डेकनका आरोन सुमर्स, इमरान ताहिर र जिसन खानले समान १ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको ग्लाडियटर्सले १० ओभरमा ४ विकेट गुमाएर १२० रन बनाएको थियो । डेकन ग्लाडियटर्सका लागि अनवर अलीले सर्वाधिक ३९ रन जोड्दा प्रसान्त गुप्ताले ३५ रन बनाए । यस्तै, यासिर कलिमले २८ रन जोडे । मराठाका सोमपालले २ विकेट लिए भने प्रवीन ताम्बे र सोहाग गाजीले समान १ विकेट लिए ।

६ खेलमा १ मात्र जित निकालेको मराठा २ अंक जोड्दै पुछारबाट दोस्रो स्थानमा छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.