सोमपाल चितवन टाइगर्सका मार्की खेलाडी

नेपाली राष्ट्रिय टिमका फास्ट बलर सोमपाल कामीले आसन्न एभरेस्ट प्रिमियर लिग (इपिएल) चितवन टाइगर्सबाट खेल्ने भएका छन् । अघिल्लो सिजन काठमाडौं किंग्स ११बाट खेलेका सोमपाललाई यो पटक चिवनले मार्की खेलाडीका रुपमा अनुबन्धन गरेको छ।

यसपल्टको ईपीएल असोज ९ देखि २३ गतेसम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आयोजना हुने छ । चितवनले आइतबार विज्ञप्ति जारी गर्दै सोमपालको नेतृत्वमा आफ्नो युवा बाहुल्य टिमले राम्रो प्रदर्शन गर्ने विश्वास पनि पोखेको छ ।

‘आगामी ईपीएलमा नेतृत्वलाई भूमिकाका लागि विश्वास गरेकोमा चितवनको टिम व्यवस्थापनलाई धन्यबाद दिन चाहन्छु । म यसका लागि उत्साही छु र नयाँ चुनौती स्वीकारेर अघि बढ्न तयार छु,’ चितवन टाइगर्सले जारी गरेको विज्ञप्तिमा सोमपालले भनेका छन् ।

चितवन टाइगर्सकी अपरेसन डाइरेक्टर विनिता चौधरी भट्टराईले सोमपालको मार्गदर्शनमा आफ्ना टोलीका युवा र गतिशील खेलाडीले अपेक्षाकृत प्रदर्शन गर्न सक्ने विश्वास व्यक्त गरेकी छिन् ।

Facebook Comments Box