भारतमा आयोजना हुने एकदिवसीय विश्वकपका लागि दक्षिण अफ्रिकाले आफ्नो टिम घोषणा गरेको छ। क्रिकेट दक्षिण अफ्रिकाले मंगलबार तेम्बा बाभुमाको कप्तानीमा १५ सदस्यीय टिम घोषणा गरेको छ।
क्रिकेट दक्षिण अफ्रिकाले क्वेन्टन डी कक, डेविड मिलर, कागिसो रबाडाजस्ता अनुभवी तथा केही युवा खेलाडीलाई टिममा समेटेको छ।
स्पिनरलाई उपयोगी मानिएको भारतीय पिचमा उसले केशव महाराज र ताब्रिज साम्सीजस्ता स्तरीय स्पिनरलाई पनि टिममा राखेको छ। ३३ वर्र्षीय लेफ्ट आर्म स्पिनर महाराजले दक्षिण अफ्रिकाका लागि ४९ टेस्ट, २७ एकदिवसीय र २० टि–२० म्याच खेल्दा साम्सीले २ टेस्ट, ४४ एकदिवसीय र ६३ टि–२० म्याच खेलेका छन्।
दक्षिण अफ्रिकाले अक्टोबर ७ मा दिल्लीको अरुण जेटली स्टेडियममा श्रीलंकाविरुद्ध खेलेर विश्वकप सुरु गर्नेछ।
दक्षिण अफ्रिकी टिम ः तेम्बा बाभुमा, गेराल्ड कोएत्जी, क्वेन्टन डी कक, रिजा हेन्ड्रिक्स, मार्को जेन्सेन, सस्सी भान डेर डुसन, हेनरिक क्लासन, सिसान्डा मगला, केशव महाराज, एडन मारक्रम, डेभिड मिलर, लुंगी एनगिडी, एनरिच नोर्किया, कागिसो रबाडा, तब्रिज शाम्सी।