डु प्लेसिसले लिए टेस्ट क्रिकेटबाट सन्न्यास

दक्षिण अफ्रीकाका पूर्वकप्तान फाफ डु प्लेसिसले टेस्ट क्रिकेटबाट सन्न्यासको घोषणा गरेका छन्। ३६ वर्षीय डु प्लेसिसले बुधबार सामाजिक संजाल इन्स्टाग्रामबाट स्टाटस पोस्ट गर्दै सेतो जर्सी त्याग्ने घोषा गरेका हुन् ।

नयाँ यात्राका लागि सही समय भएको भन्दै डु प्लेसिसले टेस्ट क्रिकेट त्याग्ने घोषणा गरेका हुन्। उनले एकदिवसीय र टि–२० क्रिकेटलाई भने निरन्तरता दिने छन्।

दक्षिण अफ्रीकाका लागि प्लेसिसले ६९ टेस्ट खेलेका छन् । जसमाले उनले १० शतक र २१ अर्धशतक मद्दतमा चार हजार एक सय ६३ रन बनाएका छन् । सन् २०१२ मा अष्ट्रेलियाविरुद्ध खेल्दै टेस्ट क्रिकेटमा डेब्यू गरेका उनको १९९ रन सर्वाधिक स्कोर हो।

पाकिस्तान भ्रमण सकिए लगत्तै डु प्लेसिसले सन्न्यासको घोषणा गरेका हुन्। पाकिस्तानविरुद्धको दुई टेस्टको ४ इनिङमा उनले ५५ रन मात्र बनाउन सकेका थिए।

डु प्लेसिसले एक सय ४३ एकदिवसीय र ५० टि–२० खेल खेलेका छन्।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.