श्रीसन्तले रणजी ट्रफी खेल्ने

एक समयका नम्बर एक भारतीय फास्ट बलर शान्ताकुमारन श्रीसन्तले पुनः रणजी ट्रफी खेल्ने भएका छन् । म्याच फिक्सिङमा लामो समय प्रतिबन्धमा परेका श्रीसन्त रणजी ट्रफी मार्फत पुनः क्रिकेटमा देखा पर्न लागेका हुन् ।

श्रीसन्तले केरलाबाट रणजी ट्रफी खेल्ने छन् । ७ वर्ष जेल सजाय भोगेका श्रीसन्तको प्रतिबन्ध सेप्टेम्बरम सकिँदै छ । सन् २०११को टि–२० विश्वकप विजेता टिमका सदस्य श्रीसन्तले प्रतिबन्ध सकिनु अगावै व्यवसायिक क्रिकेटमा पुनरागमन गर्ने पक्का भएको छ ।

‘मलाई मौका दिएकोमा म केरेला क्रिकेट प्रति निकै आभारी छु । मेरो फिटनेसमा सुधार गर्दै खेलमा पुनरागमन गर्नेछु,ु श्रीसंतले भने, ‘अबको समय सबै विवादलाई आराम दिने बेला हो ।’ यस्तै केरेलाका प्रशिक्षक तिनु योहानाले श्रीसन्तको आगमनले टिममा थप उर्जा मिल्ने बताएका छन् ।

३७ वर्षे श्रसंतले भारतको लागि २७ टेष्ट, ५३ एकदिवसीय र १० टि–२० अन्तराष्ट्रिय खेलेका छन् । सन् २१३ मा आइपिएलमा अन्य दुई खेलाडीसहित श्रीसन्त पनि म्याच फिक्सिङमा परेका थिए । उनी भारतीय टिमका अहिलेसम्मकै उत्कृष्ट फास्ट बलर हुन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.