श्रीलंकन ब्याट्सम्यान कुशल मेन्डिस पक्राउ

श्रीलंकन क्रिकेटर कुशल मेन्डिस पक्राउ परेका छन् । मेन्डिसको कारको ठक्करबाट एक जना बृद्धिको मृत्यु भएपछि मेन्डिस पक्राउ परेका हुन् ।

शनिबार मेन्डिसले चलाएको कारले ठक्कर दिँदा साइकल चलाइरहेका ६४ वर्षे वृद्धको मृत्यु भएको थियो । त्यसलगत्तै प्रहरीले उनलाई पक्राउ गरेको थियो । पक्राउपछि मेन्डिसको स्वास्थ्य परीक्षण गरेपछि उनलाई अदालत उपस्थित गराउने तयारी प्रहरीले गरेकोछ ।

२५ वर्षीय विकेटकिपर ब्याट्सम्यान मेन्डिसले श्रीलंकाका लागि ४४ टेस्ट, ७६ एकदिवसीय र २६ टी–२० खेल खेलेका छन् । उनले टेस्टमा ७ र एकदिवसीयमा २ शतक प्रहार गरेका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.