उपुल थरंगाले लिए सन्न्यास

श्रीलंकन क्रिकेटर उपुल थरंगाले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन्। ३६ वर्षीय थरंगाले मंगलबार सामाजिक सञ्जालमार्फत १५ वर्षे लामो अन्तर्राष्ट्रिय क्रिकेट करिअर टुंग्याउने घोषणा गरेका हुन्।

थरंगाले सन्यास लिने यो सही समएको भएको आफूप्रति विश्वास देखाएकोमा श्रीलंका क्रिकेटलाई धन्यवाद दिएका छन् । २०१९ मार्चयता थरंगा श्रीलंकाको राष्ट्रिय टिममा परेका छैनन् ।

सन् २००५ मा वेस्टइन्डिजविरुद्ध खेल्दै थरंगाले अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका थिए । त्यसयता उनले श्रीलंकाका लागि २३५ एकदिवसीय, २६ टि–२० र ३१ टेस्ट खेलेका छन् । उनले २३५ एकदिवसीयमा १५ शतकीय तथा ३७ अर्धशतक मद्दतमा ६९५१ रन बनाएका छन् भने टि–२० मा ४०७ रन बनाएका छन् । यस्तै टेस्टमा उनले १७५४ रन बनाएका छन् ।

श्रीलंकाबाट उनले अन्तिमपटक दक्षिण अफ्रिकाविरुद्ध २०१९ मा एकदिवसीय खेल खेलेका थिए । बायाँहाते ब्याट्सम्यान थरंगाले पहिलो क्लासमा २३ तथा लिस्ट एमा २८ शतक बनाएका छन् । थरंगाले २१ एकदिवसीय र ६ टी–२० खेलमा श्रीलंकन टिको कप्तानी पनि गरेका छन् ।

थंरगा नेपालको फ्रेन्चाइज क्रिकेट लिग एभरेस्ट प्रिमियर लिग (इपिएल)मा पनि आबद्ध भएका थिए । उनलाई ललितपुर प्याट्रिओट्सले भित्र्याएको थियो । तर, कोरोना महामारीका कारण इपिएल रद्द भएको थियो।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.