तीन श्रीलंकन क्रिकेटरलाई १ वर्ष प्रतिबन्ध, १ कराेड जरिवाना

तीन श्रीलंकन क्रिकेटर १ वर्षको प्रतिबन्धमा परेका छन्। कोरोना भाइरस सम्बन्धी स्वास्थ्य प्रोटोकल उल्लंघन गरेको भन्दै श्रीलंकन क्रिकेट बोर्डले ब्याड्सम्यान धनुस्का गुणतिलका, कुशल मेन्डिस र विकेटकिपर ब्याट्सम्यान निरोशन डिक्वेलालाई १ वर्ष प्रतिबन्ध लगाउने निर्णय गरेको हो।

यी तीन खेलाडीमाथि इंग्ल्यान्ड भ्रमणका क्रममा कोरोना भाइरससम्बन्धी स्वास्थ्य प्रोटोकल उल्लंघन गरेको आरोप छ । पाँच सदस्यीय अनुसन्धान समितिको रिपोर्टका आधारमा श्रीलंकन क्रिकेट बोर्डले गुणतिलका, मेन्डिस र डिक्वेलालाई प्रतिबन्ध लगाउने निर्णय गरेको हो।

यस्तै, बोर्डले गुणतिलका, मेन्डिस र डिक्वेलालाई १० मिलियन श्रीलंकन रुपैयाँ जरिवाना पनि तिराएको छ। अनुसासन समितिले तीन खेलाडीलाई १८ महिना प्रतिबन्ध र २५ हजार डलर जरिवाना गर्न बोर्डलाई सिफारिस गरेको थियो।

गुणतिलका, मेन्डिस र डिक्वेलाले गत जुनमा भएको इंग्ल्यान्डविरुद्धको तेस्रो एकदिवसीय खेलअघि कोरोना कोरोना भाइरससम्बन्धी स्वास्थ्य प्रोटोकल उल्लंघन गरेका थिए। उनीहरुलाई तत्कालै टिमबाट निलम्बन गर्दै स्वदेश फर्काइएको थियो। सोही कारण उनीहरुलाई भारतविरुद्धको एकदिवसीय र टि–२० सिरिजबाट पनि बाहिर राखिएको थियो।

बोर्डले गुणतिलका, मेन्डिस र डिक्वेलामाथि तीन आरोप लगाएको छ। उसको आरोप छ, ‘कोभिड–१९ सँग सम्बन्धित नियमलाई बेवास्ता गर्दै अरु खेलाडी जोखिममा पारे । राति १०ः३० बजेसम्म होटलको आफ्नो रुपमा नभएको र देश र देशको क्रिकेट बोर्डलाई बदनाम गरिएको छ।’

Facebook Comments Box