श्रीलंकन बलर इसुरु उडानले लिए सन्न्यास

श्रीलंकन फास्ट बलर इसुरु उडानले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेका छन्। ३३ वर्षीय उडानले शनिबार अन्तर्राष्ट्रिय क्रिकेटबाट टाढिने निर्णय गरेका हुन्।

सन् २००९ मा टि–२० मार्फत श्रीलंकन टिममा डेब्यू गरेका ३३ वर्षीय उडानले डानाले श्रीलंकाका लागि २१ एकदिवसीय र ३५ टि–२० खेलेका छन्।

यस्तै २०१२ मा भारतविरुद्ध खेल्दै एकदिवसीयमा डेब्यु गरेका थिए। एकदिवसीयमा १८ विकेट लिएका छन् भने टि–२०मा २७ विकेट लिएका छन्।

Facebook Comments Box