कोहलीलाई पछि पार्दै नम्बर १ बने स्मिथ

भारतीय कप्तान विराट कोहलीलाई पछि पार्दै अस्ट्रेलियाका पूर्वकप्तान स्टिभ स्मिथ टेस्ट क्रिकेटको नम्बर १ ब्याट्स म्यान बनेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)को नयाँ वरियता अनुसार कोहलीलाई उछिन्दै स्मिथ शीर्ष स्थानमा उक्लिएका हुन् ।

शीर्ष स्थानमा रहेका स्मिथले ९११ रेटिङ पाएका छन् भने कोहलीको ९०६ रेटिङ पाउँदै दोस्रो स्थानमा छन् । बल टेम्परिङ काण्डमा बुछिएपछि एक वर्ष प्रतिबन्धमा परेका स्मिथ लामो समयपछि फेरि नम्बर एक ब्याट्सम्यान भएका हुन् । न्युजिल्यान्ड भ्रमणमा खराब प्रदर्शनपछि विराट दोस्रो स्थानमा झरेका हुन् ।

ब्याटिङतर्फ न्युजिल्यान्डका कप्तान केन विलियमसन तेस्रो स्थानमा रहँदा अष्ट्रेलियाका मार्नुस लबुस्याङ चौथो र पाकिस्तानका बाबर अजाम पाँचौं स्थानमा छन् । यस्तै छैठौंमा अस्ट्रेलियाकै डेविड वार्नर, सातौं इंग्ल्यान्डका जो रुट छन् भने आठौंमा भारतका अजिन्का रहाणे, नवौंमा चेतेश्वर पुजारा र दशौंमा मायंक अग्रवाल छन् ।

बलिङतर्फ पनि अष्ट्रेलियाकै पाट कुम्मिन्स शीर्ष स्थानमा छन् । दोस्रोमा न्युजिल्यान्डका नेइल वाग्नर छन् भने तेस्रोमा वेस्टइन्डिजका जासन होल्डल, चौथोमा दक्षिण अफ्रिकाका कागिसो रबाडा र पाचौंमा अस्ट्रेलियाकै मिचेल स्टार्क छन् । यस्तै, अलराउण्डरतर्फ वेष्टइन्डिजका जासन होल्डर शीर्ष स्थानमा रहँदा उनलाई इंग्ल्यान्डका बेन स्टोक्सले पछ्याइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *