टेस्ट वरियतामा स्मिथ शीर्षस्थानमा, कोहली दोस्रोमा झरे

अस्ट्रेलियाका पूर्वकप्तान स्टिभ स्मिथ टेस्ट ब्याट्सम्यानको शीर्ष स्थानमा उक्लिएका छन् । यसक्रममा स्मिथले भारतीय कप्तान विराट कोहलीलाई पछि पारे । सन् २०१८ पछि पहिलो पटक कोहली दोस्रो स्थानमा झरेका हुन् । स्थिमले ९०४ रेटिङ प्वाइन्ट पाएका छन् भने कोहलीको ९०३ रेटिङ प्वाइन्ट छ ।

यसअघि २०१५ देखि २०१८ सम्म स्मिथ लगातार टेस्ट व्याट्सम्यानको शीर्ष स्थानमा थिए । बल टेम्परिङमा दोषी पाएपछि एकवर्षको प्रतिबन्धमा परेका स्थिम इंग्ल्यान्डविरुद्ध एसेज सिरिज मार्फत् टेस्ट क्रिकेटमा फर्किएका थिए ।

एसेजका सुरुवाती २ टेस्टमा उत्कृष्ट प्रदर्शन गरेपछि स्मिथ कोहलीलाई पछि पार्दै टेस्ट ब्याट्सम्यनको शीर्ष स्थानमा उक्लिएका हुन् । एसेजको पहिलो टेस्टमा स्मिथले १४४ र १४२ रन बनाएका थिए भने दोस्रो टेस्टको पहिलो इनिङ ९२ रन बनाएर खेलिरहेका अवस्थामा जोफ्रा आर्चको बलले लागेपछि घाइते भएका थिए । त्यसपछि स्थिमले बीचमै खेल छाडेका थिए ।

यता दोस्रो स्थानमा रहेका कोहलीले भने वेस्टइन्डिजविरुद्धको टेस्टमा भने औषत मात्र प्रदर्शन गरे । उनले २ टेस्टमा कुल १३६ रन मात्र बनाएका थिए ।

यसैगरी टेस्ट ब्याट्सम्यानको तेस्रो स्थानमा न्युजिल्यान्डका कप्तान केन विलियमसन छन् भने चौथो स्थानमा भारतका चेतेश्वर पुजारा, पाचौंमा न्युजिल्यानडका हेनरी निकोल्स, छैठौंमा इंग्ल्यान्डका कप्तान जो रुट, सातौंमा भारतका अजिन्का रहाने, आठौंमा न्युजिल्यान्डकै टम लाथम, नवौंमा श्रीलंकाका कप्तान दिमुथ करुणारत्ने र दशौंमा दक्षिण अफ्रिकाका एडिन माकरम छन् ।

यसैगरी टेस्ट बलिङको शीर्ष स्थानमा अस्ट्रेलियाका पाट कमिन्स छन् । यस्तै, दोस्रो स्थानमा दक्षिण अफ्रिकाका कागिसो रबाडा, तेस्रो स्थानमा भारतका जसप्रित बुहरामह, चौथोमा वेस्टइन्डिजका जेसन होल्डर र पाचौंमा इंग्ल्यान्डका जेम्स एन्डरसन रहेका छन् ।

यसैगरी अलराउन्डरतर्फ वेस्टइन्डिजका कप्तान जेसन होल्डर शीर्ष स्थानमा रहँदा एसेजको तेस्रो टेस्टमा अविश्वसनीय पारी खेलेका इंग्ल्यान्डका बेन स्टोक्स दोस्रो, बंगलादेशका सकिब अल हसन तेस्रो, भारतका रविन्द्र जडेजा चौथो र दक्षिण अफ्रिकाका भेर्नोन फिलेन्डर पाचौं स्थानमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *