बेन स्टोक्सको अविश्वसनीय इनिङ, इंग्ल्यान्डले तोड्यो ९१ वर्ष पुरानो रेकर्ड

अलराउन्डर बेन स्टोक्सले अविश्वसनीय इनिङ खेलेपछि एसेज सिरिज तेस्रो टेस्टमा इंग्ल्यान्डले रोमाञ्चक जित हात पारेको छ । लिड्सस्थित हेडिङ्ली मैदानमा भएको खेलमा ३५९ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्डले १ विकेटको रोमाञ्चक जित हात पारेको हो ।

इंग्ल्यान्डलाई रोमाञ्जक जित दिलाउने क्रममा स्टोक्सले नटआउट १३५ रनको अविश्वसनीय इनिङ खेले । स्टोक्सले १०औं विकेटका लागि ज्याक लेइचसँग ७६ रनको साझेदारी गरेका थिए । त्यसमध्ये ७५ रन स्टोक्स एक्लैले बनाए । यो साझेदारी १०औं विकेटका लागि दोस्रो ठूलो साझेदारी हो ।

निकै आक्रामक इनिङ खेलेका स्टोक्सले २१९ बलमा ११ चौका र ८ छक्का प्रहार गरे । इंग्लायन्डको जितमा स्टोक्सबाहेक कप्तान जो रुटले ७७ र जोइ डेन्लीले ५० रन बनाए भने जोनी बेइस्ट्रोले ३६ रनको योगदान दिए ।

यो जितसँगै इंग्ल्यान्डले ९१ वर्ष पुरानो रेकर्ड तोडेको छ । यो इंग्ल्यान्डको सबैभन्दा ठूलो लक्ष्य पछ्याउँदै प्राप्त जित हो । सन् १९२८ मा इंग्ल्यान्डले मेलबर्नमा ३३२ रन चेज गरेको थियो । त्यसपछि सन् २००१ मा लिड्समै ३१५ रन चेज गरेको थियो । यी तिनै खेल अस्ट्रेलियाविरुद्ध थियो ।

इंग्ल्यान्डले चेज गरेको ३५९ रनको लक्ष्य लिड्सको चौथो ठूलो रन चेज हो । यसअघि सन् १९४८ मा लिड्समा अस्ट्रेलियाले सर्वाधिक ४ सय रनको लक्ष्य चेज गरेको थियो । यस्तै, सन् २०१७ मा वेस्टइन्डिजले ३२२, सन् २००१ मा इंग्ल्यान्डले ३१५ रनको लक्ष्य चेज गरेको थियो ।

पहिलो इनिङमा अस्ट्रलेलियाले १७९ रन बनाएको थियो । उसका मर्नुस लाबुस्चगनले ७१ रन बनाए भने डेभिड वार्नरले ६१ रन बनाए । इंग्ल्यान्डका जोफ्रा आर्चरले ६ विकेट लिए भने स्टुआड ब्रोडले २ विकेट लिए ।

यस्तै इंल्यान्ड पहिलो खेल इनिङमा ६७ रनमै अलआउट भएको थियो । उसका जोए डेन्लीले सर्वाधिक १२ रन बनाएका थिए । इंग्ल्यान्डको इनिङ ध्वस्त बनाउने क्रममा जोस हेजलउड ५ विकेट लिए भने पाट कमिन्सले ३ तथा जेम्स प्याटिन्सनले २ विकेट लिए ।

दोस्रो इनिङमा अस्ट्रेलियाले २४६ रन बनाउँदै इंग्ल्यान्डलाई ३५९ रनको लक्ष्य दिएको थियो । उसका लाबुस्चगनले सार्वधिक ८० रन बनाए । इलयान्डका बेन स्टोक्सले ३ विकेट लिए भने आर्च र ब्रोडले २–२ विकेट लिए ।

योसँगै ५ खेल एसेज सिरिज १–१ को बराबरीमा आएको छ । पहिलो टेस्ट अस्ट्रेलियाले २२५ रनले जितेको थियो भने वर्षा प्रभावित दोस्रो टेस्ट बराबरीमा सकिएको थियो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.