अन्तिम टेस्टमा वेस्टइन्डिजलाई २६९ रनले हराउँदै इंग्ल्यान्डले जित्यो सिरिज

कोरोना महमारीपछिको पहिलो टेस्ट सिरिज इंग्ल्यान्डले जितेको छ । ओल्डट्राफोर्डमा भएको अन्तिम टेस्टमा वेस्टइन्डिजलाई २६९ रनको फराकिलो अन्तरले पराजित गर्दै इंग्ल्यान्डले कोरोन महमारीपछि पहिलो सिरिज २–१ ले जित्यो ।

साउथह्याम्पटनमा भएको पहिलो टेस्ट वेस्टइन्डिजले ४ विकेटले जितेको थियो भने ओल्ड ट्राफोर्डमै भएको दोस्रो टेस्ट इंग्ल्यान्डले ११३ रनले जितेको थियो ।

३९९ रनको विशाल लक्ष्य पछ्याएको वेस्टइन्डिज १२९ रनमै अलआउट भए । उसका लागि साई होपले सर्वाधिक ३१ रन बनाए भने जेर्माइन ब्ल्याकउडले २१ रनको योगदान दिए । वेस्टइन्डिजका ६ ब्याट्सम्यानल दोहोरो अंकमा स्कोर बनाउन सकेनन् ।

वेस्टइन्डिको इनिङ ध्वस्त बनाउने क्रममा क्रिस वोक्सले ५ तथा स्टुआर्ड ब्रोडले ४ विकेट लिए । वोक्सले ११ ओभरमा ५० रन खर्चिए भने ब्रोडले ८.१ ओभरमा ३६ रन खर्चिए ।

तेस्रो टेस्टमा इंग्ल्यान्डले दुवै इनिङमा उत्कृष्ट ब्याटिङ गर्‍यो । पहिलो इनिङमा उसले ३६९ रन बनाएको छ । बनाएको थियो । उसका लािग ओलिए पोपले सर्वाधिक ९१ रन बनाए भने जोश बट्लेले ६९, स्टुआर्ड ब्रोडले ६२ र डम बेसले ५८ रनको योगदान दिए । वेस्टइन्डिजका केमर रोचले ४ तथा रोस्टन चेस र सानोन ग्याब्रिअलले समान २ विकेट लिए ।

पहिलो इनिङमा पनि वेस्टइन्डिजले खराब व्याटिङ गरेको थियो । ऊ १९७ रनमै अलआउट भएको थियो । उसका कप्तान जासोन होल्डरले सर्वाधिक ४६ रन बनाउँदा शेन डोउरिचले ३७ र जेन क्याम्पवेलले ३२ रनको योगदान दिए । वेस्टइन्डिजको इनिङ ध्वस्त बनाउने क्रममा ब्रोडले ६ विकेट लिए भने जेम्स एन्डरसनले २ विकेट लिए ।

दोस्रो इनिङमा २ विकेटको क्षतिा २२६ रन बनाउँदै इंग्ल्यान्डले इनिङ समाप्तिको घोषणा गरेको थियो । उसको तीन ब्याट्सम्यानले अर्धशतकीय योगदान दिए । ओपर रोरी ब्रुन्सले सर्वाधिक ९० रन बनाए भने कप्तान जो रुटले ६८ र डम सिब्लीले ५६ रन बनाए । वेस्टइन्डिजका होल्डल र चेसले समान १ विकेट लिए ।

कोरोनापछिको पहिलो टेस्ट सिरिजमा इंग्ल्यान्डका स्टुआर्ड ब्रोड र वेस्टइन्डिजका रोस्टन चेस संयुक्तमा रुपमा प्लेयर अफ दी सिरिज घोषित भए । २ खेलमा ब्रोडले १६ र ३ खेलमा चेसले १० विकेट लिएका थिए । यस्तै, अन्तिम टेस्टमा एक अर्धशतकसहित १० विकेट लिएका ब्रोड प्लेयर अफ दी म्याच पनि घोषित भए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *