टेस्ट क्रिकेटमा ब्रोडले बनाए रेकर्ड, पुरा गरे ५ सय विकेट

इंग्लिस टेस्ट टिमका भेट्रान फास्ट बलर स्टुआर्ड ब्रोडले टेस्ट क्रिकेटमा ५ सय विकेट पुरा गरेका छन् । वेस्टइन्डिजविरुद्धको तेस्रो टेस्टको अन्तिम दिन क्रेग ब्रेथवेटलाई एलबिडब्लु धरापमा पार्दै ब्रोडले टेस्ट क्रिकेटमा ५ सय विकेटको कोशेढुंगो पार गरेका हुन् ।

ब्रोड टेस्ट क्रिकेटमा ५ सय विकेट लिने सातौं बलर बनेका छन् भने दोस्रो इंग्लिस बलर । यसअघि जेम्स एन्डसरनले ५ सय विकेट लिएका छन् । उनले पनि संयोजबस ५ सय विकेटमा रुपमा ब्रेथवेटलाई नै पभेलियनको बाटो देखाएका थिए ।

ब्रोडले १४० खेलको २५४ इनिङमा यो कोशेढुंगा पार गरेका हुन् । उनको इकोनोमी २.९५ छ भने एभरेज २८.५० छ । ब्रोडले १७ खेलमा ५ भन्दा बढी विकेट लिएका छन् भने ३ टेस्ट १०भन्दा बढी विकेट लिएका छन् । ब्रोड सन् २००७ देखि इंग्लिस टिमको सदस्य रहँदै आएका छ । ब्रोडले सीमित ओभरका क्रिकेटबाट सन्न्यास लिइसकेका छन् ।

यसैगरी ब्रोड टेस्ट क्रिकेटमा ५ सय विकेट लिने तेस्रो फास्ट बलर हुन् । टेस्टमा ५ विकेट लिने पहिलो फास्ट बलर अस्ट्रेलियामा ग्लेन म्याग्राथ हुन् । उनले कुल ५६३ विकेट लिएका छन् । ५ सय विकेट पुरा गर्ने दोस्रो बलर जेम्स एन्डरसन हुन् । उनले ५८९ विकेट लिएका छन् ।

टेस्ट क्रिकेटमा सर्वाधिक लिने बलर श्रीलंकाका मुथैया मरलीधरन हुन्, उनले ८०० विकेट लिएका छन् । यस्तै, ७०८ विकेट लिएका अस्ट्रेलियाका शेन वार्न दोस्रो स्थानमा छन् भने ६१९ विकेट लिएका भारतका अनिल कुम्बले तेस्रो स्थानमा छ । इंग्ल्यान्डका जेम्स एन्डरसन चौथो स्थानमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP