सुवास, विनोद र प्रदीपको कमब्याक, हरि पहिलो पटक बन्द प्रशिक्षणमा
काठमाडौं । लड्र्समा हुने एकदिने त्रिकोणात्मक टी–२० शृंखला र नेदरल्यान्ड्ससँग हुने वान–डे अन्तर्राष्ट्रियका नेपालले शुक्रबार २० सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको छ । जुलाई २९ मा लर्डसमा नेपालले आयोजक एमसीसी र नेदरल्यान्ड्ससँग त्रिकोणात्मक टी–२० श्रृंखला खेल्नेछ ।
प्रारम्भिक छनोटमा भर्खरै सम्पन्न प्रधानमन्त्री कपमा राम्रो प्रदर्शन गरेका विनोद भण्डारी, सुवास खकुरेल र प्रदीप ऐरी र सुनील धमला कमब्याक गरेका छन् । त्यस्तै प्रधानमन्त्री कपमा इमर्जिकङ प्लेयर घोषित हरि क्षेत्री (चौहान)ले पनि राष्ट्रिय टिमको प्रारम्भिक छनोटमा स्थान बनाएका छन् ।
प्रदीप २०१५ र सुवास २०१६ यता राष्ट्रिय टोलीमा रहेका छैनन् । छनौट भएका अन्य खेलाडीमा पारस खड्का (कप्तान), अनिलकुमार शाह, वसन्त रेग्मी, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, करण केसी, ललितसिंह भण्डारी, ललितनारायण राजवंशी, आरिफ शेख, रोहितकुमार पौडेल, सन्दीप लामिछाने, शक्ति गौचन, शरद भेषावकर, सोमपाल कामी र सुसन भारी छन् । नेपाली टोलीको प्रशिक्षण शुक्रबारबाटै सुरु भएको छ । सन्दीप लामिछानेले ग्लोबल टी–२० क्यानडा प्रिमियर लिगमा खेलिरहेका छन् र उनी आएपछि प्रशिक्षणमा समावेश हुनेछन् ।
नेपालले नेदरल्यान्ड्ससँग खेल्न लागेको खेलले टी–२० अन्तर्राष्ट्रिय मान्यता पाउँछ । चार वर्षपछि नेपालले टी–२० अन्तर्राष्ट्रिय खेल्न लागेको हो । २०१५ को जुलाईमा टी–२० विश्वकप छनोटमा पपुवा न्युगिनीसँग खेलेयता नेपालले टी–२० अन्तराष्ट्रिय खेलेको छैन । श्रीलंकाका पूर्वकप्तान माहेला जयाबद्र्धनेले मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) को कप्तानी गर्दै छन् ।
लर्डसमा एमसीसी र नेदरल्यान्ड्ससँग दुई ट्वान्टी–२० खेल्नुअघि नेपालले इंग्ल्यान्डमा २–३ अभ्यास खेल खेल्ने सम्भावना रहेको नेपाली राष्ट्रिय टोलीका प्रशिक्षक जगत टमाटाले बताए । अभ्यास खेलका लागि आईसीसीको स्वीकृत पर्खिरहेको टमटाले बताए ।
ड्र्समा त्रिकोणत्मक श्रृंखला खेलेपछि नेपालले नेदरल्यान्ड्ससँग दुई वान डे क्रिकेट खेल्नेछ । नेपालले पहिलो पटक वान–डे अन्तर्रा्ष्ट्रिय क्रिकेट खेल्न लागेको हो । उक्त खेल अगस्ट १ र ३ मा हुनेछ ।