अमेरिकाविरुद्ध सधैं ‘लक्की’ सुवास

अमेरिकासँगको भिडन्त भन्नेबित्तिकै नेपाली क्रिकेटमा अगाडि आइहाल्ने नाम हो सुवास खकुरेल । आईसीसी विश्वकप क्रिकेट लिग २ मा नेपालले अमेरिकासँग खेल्न लाग्दा स्वभाविक छ सुवासको नाम चर्चामा छ ।

बुधबारबाट सुरु भएको त्रिकोणात्मक सिरिजमा सुवास नेपाली टिममा थिएनन् । उनीविनाको नेपाली टिम पहिलो खेलमा ओमानसँग १८ रनले पराजित भयो । तर, सिरिजको बीचमै सुवासले नेपाली टिममा पुनरागमन गरेका छन् । त्यो अमेरिकाविरुद्धको खेलको ठीक अगाडि सुवास पुनः लक्की सावित हुँदै टिममा फर्किए ।

ओमानसँगको खेलका क्रममा शरद भेषावकर घाइते भएपछि सुवासको राष्ट्रिय टिमको पुनरागमन सम्भव भयो । उनी २ वर्षपछि राष्ट्रिय टिममा फर्किएका हुन् । पुनः अमेरिकाविरुद्ध राम्रो खेल्दै घरेलु मैदानमा नेपाललाई पहिलो एकदिवसीय खेल जिताउने अवसर सुवासको काँधमा आएको छ ।

सुवास चोटको शृंखलालाई पन्छाउँदै १८ महिनापछि पोखरा प्रिमियर लिगबाट मैदानमा फर्किएका थिए । उनी मैदानमा फर्किएको दुई महिना पनि भएको छैन । लिग २ का लागि नेपालको प्रारम्भिक सूचीमा पनि उनी थिए । त्रिकोणात्मक सिरिजको वैकल्पिक खेलाडीमा परेपछि सुवासले भनेका थिए, ‘१८ महिनाको ब्रेकपछि नेपाली क्रिकेटको एउटा पद्धतिमा छिरेको छु । राम्रो गर्न सकेमा अवका दिनमा अवसर पाउने छ ।’ सुवास वैकल्पिकमा परे पनि सन्तुष्ट छन् ।

नेपालले अमेरिकासँग ११ मध्येको ५ खेल जितेको छ, त्यसमा ३ खेलमा सुवासले ठूलो भूमिका खेलेका छन् । सन् २०१२ को विश्व क्रिकेट लिग डिभिजन ४ मा सुवासले अमेरिकासँग मलेसियामा खेलेको १ सय १५ रनको इनिङ्स नेपाली खेलाडीको ५० ओभरको खेलमा अहिले पनि व्यक्तिगत उच्च स्कोर हो । त्यही प्रतियोगिताको फाइनलमा नेपालले अमेरिकामाथ ि८ विकेटको विजय हात पार्दा सुवासले अविजित ४० रन बनाएका थिए । उनको यो फर्म २०१४ को डिभिजन ३ मा पनि जारी रहयो । सुवासको अविजित ४९ रनमा नेपालले अमेरिकामाथ िडकवर्थ लुइस पद्धतिमा १० रनको विजय हात पार्यो ।


‘अन्तिम टोलीमा नभए पनि नेपालको अर्को टोलीबाट खेल्न पाइरहेको छु । अमेरिकासँग जहिले पनि विशेष इनिङ्सहरू खेलेको छु, चाहे त्यो अभ्यास होस वा प्रतियोगिताका खेल,’ सुवासले भने । दश वर्षपछि नेपाल र अमेरिका काठमाडौंमा खेल्न लागेका हुन् ।

पछिल्लो पटक डिभिनजन ५ मा नेपाल र अमेरिका त्रिवि क्रिकेट मैदानमा आमने सामने भएका थिए । सुवास त्यत्ति खेर पनि नेपाली टोलीमा थिएनन् । तर अमेरिकासँगको अभ्यास खेलमा काठमाडौंका खेलाडीहरू जम्मा गरेर बनाईको टोलीबाट सुवासले अर्धशतक बनाएपछि नेपाली टोलीमा उनको ढोका खुलेको थिए । विशेष गरी अमेरिकाको तीव्र बलिङलाई सुवासले राम्रोसँग खेलेको खेलेका थिए, यसले नेपाली टोलीमा देखिएको लामो समय देखिको समस्या समाधन गरिदिएको थियो ।

‘मलाई लाग्छ फेरि त्यो अवसर घुमेर आएको छ । पहिलो पटक अमेरिकासँग खेल्न पाउदा त्यतिखेर पनि म वैकल्पिकमै थिएँ । अमेरिकासँगको अभ्यास खेलमा खेलेपछि धेरैको नजरमा परेको थिएँ । सायद यही दोहरिन्छ कि,’ अमेरिकासँगको अभ्यास खेलअघि सुवासले भनेका थिए, ‘मैले भर्खर मात्र पुनरागमन गरेको हुँ, अलिकति समय भएको भए र अलिकति अझै मेहनत गरेको भए राष्ट्रिय टोलीको अन्तिम सूचीमै अटाउँथे होला । नेपाल लिग २ को अर्को खेल अप्रिलमा खेल्दै छ र त्यसमा पुनरागमन गर्न सक्छु होला ।’

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.