लागातार दोस्रो पटक जित्यो सुदूरपश्चिमले यू–१९ क्रिकेट उपाधि

Read Time:2 Minute

यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि सुदूरपश्चिम प्रदेशले जितेको छ। सोमबार कीर्तिपुरस्थित टियू मैदानमा भएको फाइनलमा लुम्बिनी प्रदेशमाथि ६ विकेटले जित निकाल्दै सुदूरपश्चिमले लागतार दोस्रो पटक यू–१९ क्रिकेटको उपाधि जितेको हो।

त्रिवि क्रिकेट मैदानमा पहिला ब्याटिङ गर्दैै लुम्बिनीले दिएको ९३ रनको सामान्य लक्ष्य सुदूरपश्चिमले २१ ओभरमा ४ विकेट गुमाएर भेट्टायो । उसका लागि सुदूरको लागि गजेन्द्र बोहोराले नटआउट ३९ रन बनाउँदा दिपक बोहोराले २५ र अनुराग सिंह २२ रन बनाए।

लुम्बिनीका लागि रमेश कुर्मी २ विकेट तथा निर्मल गुरुङ र अभिषेक गौतमले १÷१ विकेट विकेट लिए।

त्यसअघि मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनी २९.१ ओभरमा ९२ रनमै अलआउट भयो। उसका आकाश त्रिपाटीले सर्वाधिक ३८ रन बनाए भने नर सार्कीले ११ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

लुम्बिनीको इनिङ धरासायी बनाउने क्रममा सुदुरपश्चिमका लागि मिलन बोहोराले ९ ओभरमा १५ रन दिदै ५ विकेट लिए । हेमन्त धामी र नरेन साउदले समान २÷२ विकेट लिए ।

उपाधिसँगै सुदूरले २ लाख नगद प्राप्त गर्यो भने उपविजेता लुम्बिनीले १ लाख नगदमा चित्त बुझायो। को छ । गत ७ गतेबाट सुरु भएको प्रतियोगितामा प्रदेश १, मधेश प्रदेश,बागमती प्रदेश,गण्डकी प्रदेश,लुम्बिनी प्रदेश,कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशसहित ७ प्रदेशको सहभागिता रहेको थियो ।

Happy
Happy
89 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
11 %
Previous post प्रशिक्षक टिटेले भने– कोरियाविरुद्ध नेमार उपलब्ध हुन्छन्
Next post कोरियाले थेग्न सक्ला ब्राजिलको आक्रमण ?
Close