रोमाञ्चक खेलमा कोलकाता २ रनले विजयी

किंग्स इलावेन पञ्जावविरुद्धको रोमाञ्चक खेलमा कोलकाता नाइट राडर्स विजयी भएको छ । अबुधाविमा शनिबार साँझ भएको रोमाञ्चक खेलमा कोलकाताले पञ्जाबमाथि २ रनको जित निकाल्यो ।

कोलकाताले दिएको १६५ रनको लक्ष्य पछ्याएको पञ्जाब उत्कृष्ट सुरुवात गरेर पनि फिनिसङमा चुक्दा २ रनले पराजित भयो । पञ्जाबले पहिलो विकेटका लागि १४ ओभरमा ११५ रनको सझोदारी गरेको थियो । र, जितको एकदमै नजिक थियो । १५औं ओभरको पहिलो बलमा प्रसिद्ध कृष्णाको बलमा मायंक अग्रवाल आउट भएपछि कोलकाताले खेलमा उत्कृष्ट पुरागनम गरेको थियो ।

मायंक आउट हुँदा पञ्जाबलाई ३५ बलमा १५ रन चाृहिएको थियो । क्रिजमा जमिरहेका कप्तान केलएल राहुललाई अन्यले साथ नदिँदा पञ्जाब पराजित भयो । राहुलले सर्वाधिक ५८ बलमा ७४ रन बनाए भने मायंकले ३९ बलमा ५६ रन बनाए । निकोलस पुरानले १० बलमा १६ र ग्लेन म्याक्सवेलले ५ बलमा १० रन बनाए ।

कोलकातालाई रोमाञ्चक जित दिलाउने क्रममा प्रसिद्ध कृष्णाले ३ विकेट लिए । उनले क्रिजमा जमेका राहुल, मायंक र पुरानको विकेट लिए । यस्तै, सुनिल नारिनले २ विकेट लिए ।

यसअघि पहिला ब्याटिङ गरेको कोलकाताले सुभमन गिल र कप्तान दिनेश कात्तिकले अर्धशतक बनाएपछि ६ विकेट गुमाउँदै १६४ रन बनायो । विस्फोटक ब्याटिङ गरेका कात्र्तिकले २९ बलमा ८ चौका र २ छक्का प्रहर गर्दै ५८ रन बनाए भने गिलले ४७ बलमा ५७ रन बनाए । यस्तै, इओन मोर्गनले २४ रन बनाए । पञ्जाबका मोहम्मद सामी, अश्रदीप सिंह र रवि विस्नोइले समान १ विकेट लिए ।

यो जिनसँगै कोलकाता अंकतालिकामा तेस्रो स्थानमा उक्लियो । ६ खेलमा ४ जित र २ हारको सामाना गरेको कोलकाताको ८ अंक छ । मुम्बईको पनि समान ८ अंक नै भएपनि कोलकाता रनरेटमा पछि छ । यता, लागतार पाचौं हार बेहोरोको पञ्जाब भने २ अंकका साथ पुछारमा छ । उसले ७ खेलमा ६ हारको सामाना गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP