सन्नी पटेलको घातक बलिङमा भैरहवामाथि ललितपुरको रवाफ

भारतीय अलराउन्डर सन्नी पटेलले घातक बलिङ गरेपछि एभरेस्ट प्रिमियर लिगमा ललितपुर प्याट्रियट्सले भैहरवा ग्लाडियटर्समाथि सहज जित हात पारेको छ ।

यो जितसँगै ललितपुर इपिएलको शीर्ष स्थानमा रहँदै प्लेअफको क्वालिफायरमा प्रवेश गरेको छ । ललितपुरले इपिएलको समूह चरणका ५ मध्ये एक खेलमा गुमाएयो । उ प्रतियोगिताको उद्घाटन खेलमा विराटनगर वारियर्ससँग ३ विकेटले पराजित भएको थियो । त्यसयता ललितपुरले लागतार ४ खेलमा जित निकालेको छ ।

पटेलले घातक बलिङ गरेपछि भैरहवाले १९ ओभरमा अलआउट हुँदै ९२ रन मात्र बनाउन सक्यो । पटेलले ४ ओभर बलिङ गर्दै १२ रन खर्चिएर ५ विकेट लिए । यससँगै सन्नी पटेल कीर्तिपुरस्थित त्रिवी मैदानमा जारी प्रतियोगितामा ५ विकेट लिने पहिलो बरल पनि बनेका छन् ।

टस हारेर ब्याटिङका लागि आएको भैरहवाको इनिङ ध्वस्त पार्ने क्रममा पटेलले भैरहवाका दुवै ओपरनलाई समान २ रनमा पभेलियनरको बाटो देखाए । उनले महोम्मद नाभेदलाई विकेटकिपर जनकिशन कोल्सावालाबाट स्टम्पिङ गराए भने अर्का ओपनर प्रदीप ऐरीलाई क्लिन बोल्ड गरेका थिए ।

यसैगरी उनले भैरहवाका कप्तान शरद भेषावकरलाई १ रनमा एलबिडब्लु आउट गरे भने ४ रन बनाएर खेलिरहेका कृष्ण कार्कीलाई बोल्ड गरेका थिए । यस्तै उनले आफ्नो अन्तिम ओभरमा कुशल मल्ललाई रसिद खानबाट क्याच आउट गराउँदै ५ विकेट लिए ।

यस्तै ललितपुरका रसिद खान र योगेन्द्रसिंह कार्कीले पनि २–२ विकेट लिए । रसिदले ४ ओभमा १४ रन खर्चिए भने योगेन्द्रले ३ ओभरमा ६ रन मात्र दिए । ललितनारायण राजवंशीको नाममा १ विकेट रह्यो ।

पहिलो ब्याटिङ गरेको भैहरवाका लागि रवि इन्दर सिंह र रायन टेन डुस्काटेले मात्र ललितपुरको कसिलो बलिङविरुद्ध खुलेर खेलेका छ । डुस्काटेले सर्वाधिक ३७ रन बनाए भने रविले २५ रन बनाएर आउट भए । डुस्काटेले ३६ बलमा ३ चौका र १ छक्का प्रहार गरे भने रविले १५ बलमा ३ चौका र २ छक्का प्रहार गरे । अन्य ब्याट्सम्यानले दोहोरो अंंकको स्कोर गर्न नसक्दा भैरहवा न्यून स्कोरमा समेटियो ।

डुस्काटेले ३६ बलमा ३ चौका र १ छक्का प्रहार गरे भने रविले १५ बलमा ३ चौका र २ छक्का प्रहार गरे । अन्य ब्याट्सम्यानले दोहोरो अंंकको स्कोर गर्न नसक्दा भैरहवा न्यून स्कोरमा समेटियो ।

९३ रनको सामान्य लक्ष्य ललितपुरले १४.२ ओभरमा ४ विकेट गुमाउँदै भेट्टायो । उसका लागि पवन सर्राफले सर्वाधिक २५ रन बनाए भने कोल्सावाला २२ रन बनाएर आउट भए । यस्तै सन्दीप जोराले १८ र गौरव तोमारले ९ रनको योगदान दिए ।

भैरहवाका रायन टेन डुस्काटेले २ विकेट लिए भने महोम्मद नाभेद र कप्तान शरद भेषावकरले १–१ विकेट लिए ।

ललितपुरसँगको हारपछि पनि भैरहवा दोस्रो स्थानमै छ । प्रतियोगिताको अन्तिम खेलमा कठमाडौं विजयी भए वा विरानटर फराकिलो अन्तरले विजयी भएमा भैहरवा तेस्रो स्थानमा झर्ने छ र एलिमिनेटर खेल्ने छ । यदि विराटनगर झिनो विजयी भएमा भैरहवा क्वालियारमा प्रवेश गर्ने छ । यस्तो अवस्थामा विराटनगर र काठमाडौं किंग्स इलाभेनले एलिमिनेटर खेल्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP