चेन्नईको तेस्रो जित, हैदरावाद २० रनले पराजित

युएईमा जारी तेस्रो संस्करणको इंन्डियन प्रिमियर लिग (आईपिएल)मा महेन्द्रसिंह धोनीको टिम चेन्नाई सुपर किंग्सले तेस्रो जित निकालेको छ । मंगलबार राति दुबईमा भएको खेलमा चेन्नाईले सनराइजर्स हैदरावादलाई २० रनले हराउँदै प्रतियोगितमा त्स्रो जित निकालेको हो ।

पहिले ब्याटिङ गर्दै चेन्नईले दिएको १६८ रनको लक्ष्य छ्याएको हैदरावादले निर्धारित ओभरमा ८ विकेट गुमाउँदै १४७ रन मात्र बनाउन सक्यो । उसका लागि केन विलियम्सनले सर्वाधिक ५७ रन बनाए पनि जित दिलाउन सकेनन् । उनले ३९ बल खेल्दै ७ चौक प्रहार गरे ।

यस्तै, जोनी बेइस्टोले २३, रियान परागले १६, रसिद खानले १४ र विजय शंकरले १२ रनको योगदान दिए । चेन्नाइका लागि ड्वायन ब्राभो र कर्ण शर्माले दुई–दुई विकेट लिए भने साम कुरान, रविन्द्र जडेजा र शार्दुल ठाकुरले एक–एक विकेट लिए ।

यसअघि पहिला ब्याटिङ गरेको चेन्नईले निर्धारित ओभरमा ६ विकेट गुमाउँदै १६७ रन बनायो । उसका लागि सेन वाट्सनले सर्वाधिक ४२ रन बनाए भने अम्बाति रायाडुले ४१ रनको योगदान दिए । यस्तै, कुरानले ३१ रन बनाउँदा जडेजाले १० बल २५ रन बनाए । हैदरावादका सन्दीप शर्मा, खालिल अहमद र टि नटराजनले समान २ विकेट लिए ।

यो जितसँगै चेन्नाई ६ अंकसहित तालिकाको छैटौं नम्बरमा उक्लिएको छ । हैदरावादको पनि ६ अंक नै छ, तर रनरेटमा अघि रहँदै उ पाँचौं स्थानमा छ । चौथो नम्बरमा रहेको कोलकाता नाइट राइडर्सको आठ अंक छ । हैदरावाद र चेन्नाईले बाँकी टिमभन्दा एक म्याच बढी खेलेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP