सूर्यकुमार र बुमराह चम्किँदा राजस्थानमाथि मुम्बईको सानदार जित, उक्लियो शीर्ष स्थानमा

सूर्यकुमार यादव र जस्प्रित बुमराह चम्किएपछि डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डियन्स इन्डियन प्रियिमर लिग आईपिएलमा सानदार जित निकालेको छ । मंगलबार राति अबुधाविमा भएको खेलमा सूर्यकुमार ब्याटिङमा र बुमराह बलिङमा चम्किएपछि मुम्बईले राजस्थानमाथि ५७ रनको सानदार जित निकाल्यो ।

राजस्थानमाथिको फाराकिलो जितसँगै लगातार तेस्रो जित निकालेको मुम्बई अंक तालिको शीर्ष स्थानमा उक्लिएको छ । ६ खेलमा ४ जित निकालेको मुम्बई दिल्ली क्यापिटल्सलाई रनरेटमा पछि पार्दै शीर्ष स्थानमा उक्लिउको हो । दुवै समान ८ अंक छ । तर, दिल्लीले १ खेल कम खेलेको छ । यता सुरुवाती दुई खेल जितेका राजस्थानको भने यो लागतार तेस्रो हार हो ।

पहिला ब्याटिङ गर्दै मुम्बईले दिएको १९४ रनको लक्ष्य पछ्याएको राजस्थान १८.१ ओभरमा १३६ रनमै अलआउट भयो । जारी आईपिएलमा अलआउट हुने राजस्थान पहिलो टिम बन्यो ।

उसका लागि जोस बट्लरले उत्कृष्ट इनिङ खेले पनि अन्यले साथ नदिँदा राजस्थान पराजित भयो । माथिल्लो क्रमका ब्याट्सम्यान यजस्वी जैसवाल र सन्जु सामनसन शुन्य र कप्तान स्टिभ स्थिम ६ रनमै आउट भएपछि राजस्थान दबाबमा परेका थियो । तर, इनिङ सम्हाल्ने प्रयास गरेका बट्लरले ४४ बल खेल्दै ४ चौका र ५ छक्काको मद्दतमा ७० रन बनाए ।

यस्तै जोफ्रा आर्चरले २४, टम कुरानले १५ र महिपाल लोम्रोरले ११ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा स्कोर बनाउन सकेनन् । राजस्थानलाई सस्तैमा समेट्ने क्रममा मुम्बईका फास्ट बलरले उत्कृष्ट बलिङ गरे । बुमराहले ४ ओभरमा २० रन खर्चेर ४ विकेट लिए भने ट्रेन्ट बोल्टले २६ रन खर्चेर २ विकेट लिए । यस्तै जेम्स प्याटिन्सनले ३.१ ओभरमा १९ रन २ विकेट लिए ।

यसअघि पहिला ब्याटिङ गरेको मुम्बईले सूर्यकुमार यादवलेको अर्धशतक मद्दतमा ४ विकेट गुमाउँदै १९३ रन बनायो । सूर्यकुमारले ४७ बल खेल्दै ११ चौका र २ छक्काको मद्दतमा नटआउट ७६ रन बनाए । उनले पाचौं विकेटका लागि हार्दिक पाण्ड्यासँग ३८ बलमा ७६ रनको साझेदारी गर्दै मुम्बईलाई बलियो बनाएका थिए ।

कप्तान रोहित शर्माले २३ बलमा २ चौका र ३ छक्का प्रहार गर्दै ३५ रन बनाउँदा हार्दिकले १९ बलमा ३० रन बनाए । यस्तै, क्वेन्टन डी ककले २३ र कुर्णाल पाण्ड्याले १२ रन बनाए । राजस्थानका श्रेयस गोपालले २ तथा जोफ्रा आर्चर र कार्तिक त्यागीले समान १ विकेट लिए ।

आईपिएल अन्तर्गत अबुधाविमा कोलकाता नाइट राइडर्स र चेन्नई सुपर किंग्स भिड्न् छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP