चौथो टि–२०मा भारत विजयी, सिरिज रोमाञ्चक अवस्थामा

इंग्ल्यान्डविरुद्धको चौथो टि–२०मा घरेलु टिम भारत विजयी भएको । बिहीबार राति अहमदावादस्थित नरेन्द्र मोदी रंगशालमा भएको खेलमा रोमाञ्चक खेलमा भारतले इंग्ल्यान्डलाई ८ विकेटले हरायो।

यो जितसँगै ५ खेलका टि–२० सिरिज रोमाञ्चक मोडमा पुगेको छ। अब सिरिजको अन्तिम खेल फाइनल सरह हुने भएको छ। यसअघि पहिलो खेल इंग्ल्यान्डले ८ विकेटले जितेको थियो भने दोस्रो खेल भारतले ७ विकेटले जितेको थियो । तेस्रो खेलमा इंग्ल्यान्ड ८ विकेटले नै विजयी भएको थियो । पाँचौँ तथा निर्णायक टि–२० शनिबार हुने छ।

पहिला ब्याटिङ गर्दै भारतले दिएको १८६ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्डले २० ओभरमा ८ विकेट गुमाउँदै १७७ रन मात्र बनाउन सक्यो । जित नजिक पुगेर इंल्ग्यान्ड पराजित भयो। १६ ओभरसम्म १४०–५को बलियो अवस्थामा रहेको इंग्ल्यान्ड १७औं ओभरमा क्रिजमा जमेका बेन स्टोक्स र कप्तान इयान मोर्गन आउट भएपछि दबाबमा आएको थियो।

इंग्ल्यान्डका लागि इंग्ल्यान्डका लागि बेन स्टोक्सले सर्वाधिक ४६ रन बनाए भने जासन रोयले ४० रन बनाए । स्टोक्सले २३ बलमा ४ चौका र ३ छक्का प्रहार गर्दा रोयले २७ बलमा ६ चौका र १ छक्का प्रहार गरे । यस्थै जोड्दा जोनी बेयर्स्टोले २५ रन बनाए ।

भारतका लागि शार्दुल ठाकुरले सर्वाधिक ३ विकेट लिए। उनले स्टोक्स र मोर्गनलाई एकै ओभरमा आउट गर्दै भारतलाई खेलमा फर्काएका थिए। यस्तै, हार्दिक पाण्ड्या र राहुल चहरले समान २ विकेट लिए।

यसअघि पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ८ विकेट गुमाएर १८५ रन बनाएको थियो । उसका लागि भारतका लागि सुर्य कुमार यादवले ५७ रनको अर्धशतकीय इनिङ्स खेले । उनले ३१ बलमा ६ चौका र ३ छक्का प्रहार गरे ।

यस्तै श्रेयस एयरले ३७ रन जोड्दा ऋषव पन्तले ३० रन बनाए । इंग्ल्यान्डका जोफ्रा आर्चर ४ विकेट लिए भने अदिल रसिद, साम कुरान, मार्क उड र बेन स्टोक्सले समान १ विकेट लिए।

उत्कृष्ट ब्याटिङ गरेका सूर्यकुमार यादव प्लेयर अफ दी म्याच भए।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.