
बिग बासमा सिड्नी थन्डरको लज्जास्पद प्रदर्शन, १५ रनमै अलआउट
बिग बास लिगमा सिड्नी थन्डरले लज्जास्पद प्रदर्शन गरेका छन्। शुक्रबार सिड्नीमा भएको खेलमा एडिलेड स्ट्राइकर्सविरुद्ध १४० रनको लक्ष्य पछ्याएको सिड्नी थन्डर ५.५ ओभरमा १४ रनमै अलआउट भयो।
यो टि–२० क्रिकेटकै सबैभन्दा थोरै रन हो भने सबैभन्दा थोरै ओभर आलआउट भएको खेल पनि हो। टि–२० क्रिकेटमा यसअघिको लोएस्ट स्कोर २१ थियो। इन्टर कन्टिनेन्टल कपमा चेक गणतन्त्रसँगको खेलमा टर्की २१ रनमा अल आउट भएको थियो।
सिड्नीका कुनै पनि खेलाडीले दोहोरो अंकमा स्कोर बनाउन सकेनन्, उसका ५ खेलाडी डकआउट भए ।
सिड्नीको इनिङ धरासायी बनाउने क्रममा एडिलेडका हेनरी थमसनले २.५ ओभरमा ३ रनमात्र खर्चेर ५ विकेट लिए भने वेस अगरले २ ओभरमा ६ रन खर्चेर ४ विकेट लिए।
यसअघि पहिला ब्याटिङ गरेको एडिलेडले ९ विकेटको क्षतिमा १३९ रन बनाएको थियो। उसका लागि क्रिस लिनले ३६ र कोलिन डे इनग्रामले ३३ रनको योगदान दिएका थिए। सिड्नीका फाजलहक फारुकीले ३ विकेट लिए।