टि–२० वरियतामा सन्दीप, कुशल र दीपेन्द्रको फड्को

Read Time:1 Minute

टि–२० क्रिकेटका नयाँ वरियतामा तीन नेपाली खेलाडीले फड्को मारेका छन् । नेपाल विश्वकपमा छनोट हुन असफल भएपनि उत्कृष्ट प्रदर्शन गरेका तीन नेपाली खेलाडी ब्याट्सम्यानद्वय कुशल भुर्तेल, दीपेन्द्र सिंह ऐरी र कप्तान सन्दीप लामिछानले वरियतामा फड्को मारेका छन्।

टि–२० बलिङ वरियतामा कप्तान सन्दीप लामिछाने १६ स्थान माथि उक्लँदै ४३औं स्थानमा आइपुगेका छन् । टि–२० छनोटमा सन्दीपले ४ खेलमा ९ विकेट लिएका थिए ।

यस्तै, ब्याटिङ वरियतामा कुशल ९ स्थान माथि उक्लँदै ३९औं स्थानमा आइपुगेका छन्। विश्वकप छनोटमा कुशलले १ शतकसहित कुल १५० रन बनाएका थिए । यस्तै, दीपेन्द्रसिंह ऐरीले पनि ब्याटिङ वरियतामा ३ स्थानमाथि उक्लिएका छन् । उनी ५०औं स्थानमा छन् । उनले छनोटमा १५६ रन बनाएका थिए।

युएईसँग पराजित हुँदै विश्वकपमा छनोट हुन अफल भएको नेपाल टि–२० वरियतामा २ स्थान तल झरेको थियो । नेपाल १३औं स्थानबाट १५औं स्थानमा आइपुगेको छ।

टि–२० को ब्याटिङतर्फ पाकिस्तानका बाबर अजाम शीर्ष स्थानमा छन् भने बलिङतर्फ दक्षिण अफ्रिकाका वानिन्दु हसरंगा शीर्ष स्थानमा छन्।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post नेपाल टि–२० वरियतामा २ स्थान तल झर्‍यो, भारत शीर्ष स्थानमा
Next post नेपालले युएई र पिएनजीसँग खेल्ने त्रिकोणात्मक सिरिजको तालिका सार्वजनिक
Close