२०२४ टि–२० विश्वकप : १२ टिम सीधै, ८ टिम छनोटबाट, नेपाललाई विश्वकप खेल्ने मौका

Read Time:1 मिनेट

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसिसी)ले सन् २०२४को टि–२० विश्वकपमा सहभागी हुने प्रक्रिया टुंगो लगाएको छ। आईसिसीको आइतबार बसेको बैठकले १२ टिमले सीधै विश्वकप खेल्ने र बाँकी ८ टिमले छनोटबाट आउने निर्णय गरेको छ ।

यसैवर्ष हुने टि–२० विश्वकपका शीर्ष ८ टिम र र सन् २०२४को विश्वकपका आयोजकद्वय वेस्टइन्डिज र अमेरिकाले विश्वकमा सिधै स्थान बनाउने छन् भने सीधै छनोट हुने दुई टिमको निर्णय २४ नोभेम्बर २०२२ मा हुने आईसिसीको ¥याङकिङको ११ र १२औं स्थानका टिम हुने छन्। यदि वेस्टइन्डिज र अमेरिका वरियताको शीर्ष १० रहे अन्य दुई टिमले सिधै विश्वकप खेल्ने मौका पाउने छन्।

सन् २०२४ बाट टि–२० विश्वकपमा २० देश सभागी हुने छन्। आईसिसीको यो निर्णयसँगै नेपालजस्तो एसोसियट राष्ट्रले विश्वकप खेल्ने मौका पाउने छन्। यही प्रदर्शनलाई निरन्तरता दिए १२औं स्थानमा रहेको नेपाल सन् २०२४को विश्वकपमा सीधै छनोट हुन पनि सक्ने छ।

आईसिसीले विश्वकप छनोटको स्वरुप पनि बदलेको छ। सन् २०२४मा महादेशअनुसार विश्वकपमा टिम छनोट हुनेछन्। जसअनुसार एसिया, अफ्रिका र युरोपबाट समान २ टिमले विश्वकप खेल्न पाउने छन् भने अमेरिका र इष्ट एसिया प्यासिफिकबाट १–१ टिमले विश्वकप खेल्ने छन्।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post आरसिटी रोकिँदा खुमलटास ए डिभिजनमा, सामाजिक युथ रेलिगेसनमा
Next post नेपाल बास्केटबल लिग जेठमा
Close