विश्वकप छनोटमा फिलिपिन्ससँग भिड्दै नेपाल

SHARE TO:
Read Time:1 Minute

आईसीसी टी(२० ग्लोबल क्वालिफायरअन्तर्गत समूहको आफ्नो दोस्रो खेलमा नेपालले आज फिलिपिन्ससँग खेल्दैछ । ओमानको मस्कटस्थित अल अमेरात रंगशालामा यो खेल नेपाली समयअनुसार बिहान पौने १२ बजेदेखि सुरु हुनेछ ।

यसअघि पहिलो खेलमा शुक्रबार घरेलु टोली ओमानलाई ३९ रनले हराएको नेपालका लागि आजको खेल तुलनात्मक रुपमा सहज हुनसक्छ । ग्लोबल क्वालिफायरको नवआगन्तुक टोली फिलिपिन्सले शुक्रबार क्यानडासँग ११८ रनको हार ब्यहोरेको थियो ।

फिलिपिन्सलाई हराउन सकेमा नेपालले सेमिफाइनल यात्रा लगभग निश्चित गर्नेछ । नेपाल र फिलिपिन्सबीच खेल भएकै समयमा यही समूहका क्यानडा र ओमानबीच पनि खेल हुनेछ । नेपाल र क्यानाडाले आआफ्नो खेलमा आफू अनुकूल नतिजा निकालेका अवस्थामा यो समूहबाट सेमिफाइनलमा पुग्ने टोलीको टुंगो आजै लाग्नेछ ।

ग्लोबल क्वालिफायर ए मा रहेका ८ टोलीलाई दुई समूहमा बाँडेर प्रतियोगिता सन्चालन गरिएको छ । अर्को समूहमा यूएई, आयरल्याण्ड, जर्मनी र बहराइन छन् । दुई समूहको शीर्ष दुई टोलीले सेमिफाइनल खेल्नेछन् ।

यसअघि पहिलो खेलमा नेपालले ओमानलाई ३९ रनले हराएको थियो । ११८ रनको लक्ष्य पछ्याएको ओमानलाई १७ ओभरमै ७८ रनमा अलआउट गर्दै नेपालले सानदार जित निकालेको थियो ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
कमेन्ट गर्नुहोस्ः
SHARE TO:
Previous post ओमानलाई हराएको नेपाली टिमलाई प्रधानमन्त्रीले दिए बधाई
Next post फिलिपिन्सविरुद्ध नेपालले पहिला ब्याटिङ गर्ने, टि–२०मा गुल्सनको डेब्यू
Close