विश्वपकमा दक्षिण अफ्रिकाको पहिलो जित

इंग्ल्यान्ड र वेल्समा जारी १२औं संस्करणको विश्वपकमा दक्षिण अफ्रिकाले पहिलो जित हात पारेको छ । शनिबार कार्डिफमा भएको खेलमा अफगानिस्तानलाई ९ विकेटले पराजित गर्दै दक्षिण अफ्रिकाले विश्वकपमा पहिलो जित हात पारेको हो ।

पहिला ब्याटिङ गर्दै अफगानिस्तानले दिएको १२६ रनको लक्ष्य दक्षिण अफ्रिकाले २८.१ ओभरमा १ विकेट गुमाउँदै भेट्टायो । अफ्रिकालाई पहिलो जित दिलाउने क्रममा क्वेन्टन डि ककले सर्वाधिक ६८ रन बनाए । उनले ७२ बल खेल्दै ८ चौका प्रहार गरे ।

यसैगरी हासिम अमला ४४ र एन्डले फेलुक्कायो १७ रनमा नटआउट रहे । पहिलो विकेटका लागि डि कक र अमलाले १०४ रनको साझेदारी गर्र्दै टिमलाई पहिलो जित दिलाए । अफगानिस्तानका गुल्बाद्दिन नइबले १ विकेट लिए ।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले ३४.१ ओभरमा अलआउट हुँदै १२५ रन मात्र बनाउन सक्यो । उसका लागि रसिद खानले सर्वाधिक ३५ रन बनाए भने नुर अली जद्रानले ३२ र हज्रतुल्लाह जजाईले २२ रन बनाए ।

यी तीनबाहेक अन्य ब्याट्सम्यानले दक्षिण अफ्रिकाका बलिङ झेल्न नसक्दा अफगानिस्तान सस्तैमा समेटियो । उसलाई ओपनरद्वय जजाई र जद्रानले पहिलो विकेटका लागि ३९ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए ।

अफगानिस्तानलाई सस्तैमा समेट्ने क्रममा इमरान ताहिर र क्रिस मोरिसले घातक बलिङ गरे । प्लेयर अफ दी म्याच ताहिरले ७ ओभरमा २९ रन खर्चेर ४ विकेट लिए भने मोरिसले ६.१ ओभरमा २ मेडनसहित १३ रनमात्र खर्चेर ३ विकेट लिए । यस्तै, फुलुक्कायोले २ तथा कागिसो रबाडाले १ विकेट लिए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.