तालिवानले बर्खास्त गर्‍यो अफगान क्रिकेट बोर्डका प्रमुख

तालिवानले अफगानिस्तानी क्रिकेट बोर्डका प्रमुख हामिद सिनवारीलाई बर्खास्त गरेको छ । सिनवारीले सामाजिक सञ्जालमार्फत आफूलाई तालिवानले बर्खास्त गरेको उल्लेख गरेका छन्।

हक्कानी समूहका शीर्ष नेताले आफूलाई पद छाड्न आदेश दिएको पनि उनले बताएका छन् । उनले लेखेका छन्, ‘अनास हक्कानीले क्रिकेट बोर्डमा भ्रमण गर्दै अबदेखि कार्यकाल सकिएको जानकारी दिए ।’ अनास हक्कानी तालिवानका उच्च नेता हुन् ।

उनको स्थानमा नसिबुल्लाह हक्कानीलाई नियुक्त गरिएको छ । उनी तालिवानकै एक समूह हक्कानी समूहका सदस्य हुन् । उनी अफगानमन्त्री सिराजुद्दिन हक्कानीका कान्छा भाइ हुन् ।

सिनवारीले आफ्नो फेसबुकमा सन्देश छाडेयता त्यसलाई ‘डिएक्टिभ’ गरेका छन् । सिनवारीले आफूलाई लिखित रूपमा कुनै जानकारी भने प्राप्त नभएको जनाएका छन् ।

Facebook Comments Box