बंगलादेशका तमिम इक्बाल भैरहवाबाट इपिएल खेल्ने

बंगलदेशका ओपनर तमिम इक्वालले एभरेस्ट प्रिमियर लिग (इपिएल) खेल्ने भएका छन् । चौंथो संस्करणको इपिएलका लागि तमिमलाई भैरहवा ग्लाडियटर्सले अनुबन्धन गरेको छ।

आगामी अक्टोरबमा हुने टि–२० विश्वकप नखेल्ने निर्णय गरेका इक्वालले इपिएल भने खेल्ने भएका हुन्। भैरहवाले ३२ वर्षीय इकबाललाई तेस्रो विदेशी खेलाडीका रुपमा अनुबन्धन गरेको हो। यसअघि भैरहवाले श्रीलंकन खेलाडी द्वय धमिका प्रसाद र उपुल थरंगालाई अनुबन्ध गरेको थियो।

बंगलादशेका सबैभनदा सफल ब्याट्सम्यान इक्वालले ६४ टेस्ट, २१९ एकदिवसीय र ७८ टि–२ खेल खेलेका छन् । उनले टेस्टमा ९ शतक र ३१ अर्धशतकसहित ४७८८ रन बनाएका छन् भने एकदिवसीय १४ शतक र ५१ अर्धशतकसहित ७६६६ रन बनाएका छन् ।

टेस्ट र एकदिवसीय बंगलादेशका लागि सर्वाधिक रन बनाउने खेलाडी इक्वालले टि–२० मा १ शतक र ७ अर्धशतक मद्दतमा १७८५ रन बनाएका छन् । उनी बंगलादेशको पूर्वकप्तान समेत हुन्।

असोज ९ गतेदेखि असोज २३ गतेसम्म टियु क्रिकेट मैदानमा हुने प्रतियोगिताका लागि भैरहवाको पुबुदु दसानायकेलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको छ।

भैरहवाले पोखरा राइनोजसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्ने छ। खेल असोज १० गते हुनेछ। प्रतियोगिताको उद्घाटन खेलमा काठमाडौं किंग्स इलावेन र ललितपुर प्याट्रिओट्स भिड्ने छन्।

Facebook Comments Box