रनको वर्षा भएको खेलमा राजस्थान कीर्तिमानी जित, पञ्जावले जोगाउन सकेन २२४ रनको लक्ष्य

युएईमा जारी १३औं संस्करणको आईपिएलअन्तर्गत साजाहमा आइतबार राति भएको राजस्था रोयल्स र किंग्स इलावेन पञ्जावबीचको खेलमा रनको वर्षा भयो । दुवै इनिङमा गरी ४९९ रन बनेको खेलमा राजस्थानले ४ विकेटको जित निकाल्यो ।

पहिला ब्याटिङ गर्दै पञ्जाबले दिएको २२३ रनको विशाल लक्ष्य राजस्थानले २ बल बाँकी छँदै ६ विकेट गुमाएर भेट्टायो । यो आईपिएल इतिहासकै सर्वाधिक रन चेज भएको खेल हो । यसअघि राजस्थानले नै सन् २००८ मा डेकन चार्जर्सविरुद्ध २१५ रनको लक्ष्य चेज गर्दै कीर्तिमान बनाएको थियो ।

२२३ रनको लक्ष्य पछ्याउने क्रममा सन्जु सामसन, स्टिभ स्मिथ र राहुल टिवेटियाले अर्धशतकीय योगदान दिए । सामनसनले ४२ बलमा ४ चौका र ७ छक्का प्रहार गर्दै सर्वाधिक ८५ रन बनाए भने टिवेटियाले ३१ बलमा ७ छक्का प्रहार गरे । यस्तै स्मिथले २७ बलमा ७ चौका र२ छक्का प्रहार गरे भने जोफ्रा आर्चरले ३ बलमा २ छक्का प्रहार गर्दै १३ रन बनाए ।

ओपनर जोश बट्लरलाई ४ रनमै गुमाएपछि दबाबमा आएको राजस्थानलाई स्मिथ र सामसनले सम्हाले । यी दुई दोस्रो विकेटका लागि ४० बलमा ८१ रनको साझेदारी गरेका थिए । यस्तै, तेवातिया र सामसनले तेस्रो विकेटका लागि ४३ बलमा ६१ रनको साझेदारी गरेका थिए ।

मोहम्मद सामीको बलमा सामनसन आउट भएपछि टेवाटियाले आक्रामक इनिङ खेल । उनले सामनस आउट हुँदा २१ बलमा १३ रन बनाएका थिए । खेल तीन ओभर बाँकी छँदा राजस्थानलाई ५१ रन चाहिएको थियो, र खेल पञ्जावका पक्षमा थियो ।

१८औं ओभरमा बलिङका लागि आएका सेल्डन कोट्रेललाई ५ छक्का प्रहार गर्दै टिवेटियाले राजस्थानलाई खेलमा फर्काएका थिए । १९औं ओभरमा सामीकै बलमा क्याच आउट भए । पञ्जावका मोहम्मद सामीले ३ विकेट लिए ।

यसअघि राजस्थानले टस जितेर फिल्डिङ रोजेपछि पहिला ब्याटिङ गरेको पञ्जाबले मायंक अग्रवालको शतक मद्दतमा ३ विकेटको क्षतिमा २२३ रन बनायो । अग्रवालले ५० बलमा १० चौका र ७ चक्का प्रहार गर्दै १०६ रन बनाए ।

कप्तान केएल राहुल र अग्रवालले पहिलो विकेटका लागि १८३ रनको साझेदारी गर्दै टिमलाई उत्कृष्ट सुरुवात दिलाएका थिए । राहुलले ५४ बलमा ६९ रन बनाए । यस्तै, ग्लेन म्याक्सवेलले ९ बलमा १३ र निकोलस पुरनले ८ बलमा २५ रन बनाए । राजस्थानका अंकित राजपुन र टम कुरानले १ विकेट लिए ।

सोमबार दुबईमा हुने खेला मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर्स बैंग्लोर भिड्ने छन् । दुवै टिमले २ खेलमा समान १ जित निकालेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP