पाकिस्तानका रिजवान बने टि–२० का उत्कृष्ट क्रिकेटर

Read Time:1 मिनेट

पाकिस्तानी विकेटकिपर ब्याट्सम्यान मोहमद रिजवानले वर्षको उत्कृष्ट टि–२० क्रिकेटर बनेका छन्। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसिसी)ले वर्षभरि गरेको प्रर्दशनका आधारमा रिजवानलाई ‘टि–२० क्रिकेटर अफ दि इयर–२०२१’ अवार्ड प्रदान गरेको हो।

२९ वर्षीय रिजवानले सन् २०२१ मा टि–२० क्रिकेटमा २६ इनिङ खेल्दै १ शतक र १२ अर्धशकसहित १३२६ रन बनाएका थिए । सो अवधिमा उनले २२ क्याच आउट र २ स्टम्पिङ गरेका थिए ।

उनले गत वर्ष भएको टि–२०मा टिमलाई सेमिफाइनलसम्म पु¥याउन उत्कृष्ट प्रदर्शन गरेका थिए । उनी टि–२० विश्वकपका तेस्रो सर्वाधिक रन बनाउने खेलाडी पनि हुन्।

यस्तै आईसीसी एसोसियट प्लेयर अफ दि इयर अवार्ड भने ओमानका जिसन मक्सुदले जितेका छन् । यस्तै टि–२० महिला क्रिकेटर अफ द इयर अवार्ड इंग्ल्यान्डकी टमी बेउमोन्टले जितेकी छिन् ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post इन्जुरी समयमा २ गोल गरेपछि भ्यालेन्सियामाथि एट्लेटिकोको उत्कृष्ट पुनरागमन जित
Next post मनाङ आहा रारा गोल्डकपको सेमिफाइनलमा, पुलिस २–०ले पराजित
Close