यस्तो छ पाकिस्तानको सेमिफाइनल पुग्ने सम्भावना

निर्णायक मानिएको खेलमा न्युजिल्यान्डविरुद्ध इंग्ल्यान्ड विजयी भएपछि पाकिस्तानको सेमिफाइनल पुग्ने सम्भावना रोचक बनेको छ । सो खेलमा न्युजिल्यान्ड विजयी भएको भए पाकिस्तानलाई सेमिफाइनल प्रवेशका लागि सामान्य जित नै काफी हुने थियो ।

तर, इंग्ल्यान्डले जित निकाल्दै तेस्रो स्थानमा रहेर सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेपछि पाकिस्तानले बंगलादेशविरुद्ध फराकिलो जित निकाल्नु पर्ने भएको हो ।

न्युजिल्यान्डको ९ खेलमा ११ अंक छ भने पाकिस्तानको ८ खेलमा ९ अंक छ भने पाकिस्तानको ८ खेलमा ९ अंक छ । पाकिस्तानले बंगलादेशविरुद्ध जित निकालेमा उसको पनि ९ खेलमा समान ११ अंक हुने छ ।

आइसिसीको नयाँ नियम अनुसार, यदि समूहचरणका खेल सकिँदा दुई टिमको अंक बराबर भएमा समूहचरणमा जुन टिमले बढी जित निकालेको छ उसले सेमिफाइनलमा स्थान बनाउने छ । तर, पाकिस्तानले बंगलादेशलाई पराजित गर्दा न्युजिल्यान्ड र पाकिस्तान दुवैको समान ५–५ जित हुने छन् ।

न्युजिल्यान्डले ९ खेलमा ५ जित र ३ हारको नतिजा निकालेको थियो भने वर्षाका कारण एउटा खेल रद्द भएको थियो । यस्तै, बंगलादेशविरुद्ध जित निकाल्दा पाकिस्तानको ९ खेलमा ५ जित, ३ हार र १ बराबरी हुने छ ।

यस्तो अवस्थामा दुई टिमबिच जसको नेट रनरेट बढी छ उसले सेमिफाइनलमा स्थान सुरक्षित गर्ने छ । ९ खेल सकिँदा न्युजिल्यान्ड ११ अंक बनाएर ०.१७५ नेट रनरेटका साथ चौथो स्थानमा छ । पाकिस्तानको ८ खेलमा –०.७९२ नेट रनरेटमा रहेको छ ।

अब पाकिस्तानले न्युजिल्यान्डलाई पछि पार्दै सेमिफाइनलमा स्थान सुरक्षित गर्न आफ्नो माइनसमा रहेको नेट रनरेट सुधार्दै न्युजिल्यान्डको भन्दा बढी बनाउनुपर्छ । अर्थात, पाकिस्तानले बंगलादेशविरुद्धको एकै खेलमा ०.९६८ रनरेट बढाउनु पर्ने हुन्छ ।

त्यति नेट रनरेट बढाउन पाकिस्तानले बंगलादेशलाई कम्तिमा ३१६ रनले पराजित गर्नुपर्ने छ । जसका लागि पहिला ब्याटिङ गरेर पाकिस्तानले ४०० रन जोड्नुपर्ने छ । र, बंगलादेशलाई बढीमा ८४ रनमा अलआउट गर्नुपर्ने छ ।

बंगलादेशले पहिला ब्याटिङ गरेको खण्डमा भने पाकिस्तानका सेमिफाइनल प्रवेशको समिकरण र आवश्यकता फरक र थप गाह्रो हुने छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.