श्रेयस अय्यरको शतकमा भारतले पहिलो इनिङमा बनयो ३४५

युवा ब्याट्सम्यान श्रेयस अय्यरको मेडन शतक बनाएपछि न्युजिल्यान्डविरुद्धको पहिलो टेस्टोको पहिलो इनिङमा भारतले ३४५ रन बनाएको छ । कानपुरमा बिहीबारबाट सुरु भएको टेस्टमा डेब्यू गरेका एय्यरले शतक बनाएपछि भारत पहिलो इनिङमा ३४५ रनमा अलआउट भयो।

पाँचौं नम्बरमा ब्याटिङ गरेका एय्यरले १७१ बल खेल्दै १३ चौका र २ छक्काको मद्दतमा १०५ रन बनाए । टेष्ट डेब्यूमा न्यूजिल्याण्डविरुद्ध शतक बनाउने उनी तेस्रो भारतीय खेलाडी बने। एय्यले पाँचौं विकेटका लागि रविन्द्र जडेजासँग १२१ रनको साझेदारी गर्दै टिमलाई बलियो बनाएका थिए।

पहिलो दिनको खेल सकिँदा भारतले ४ विकेट गुमाएर २५८ रन बनाएको थियो। दोस्रो दिन थप ८७ रन जोड्दा भारतले सबै विकेट गुमायो। शुभमन गिलले ५२ भने रविन्द्र जडेजाले १ सय १२ बल खेल्दै ६ चौकासहित ५० रन जोडे। रविचन्द्र आश्विनले ३८, कप्तान अजिंक्य रहाणेले ३५ र चेतेश्वर पुजाराले २६ रन बनाएर आउट भए।

बलिङतर्फ टिम साउथीले ५ विकेट लिए भने कायल जेमिसनले ३ र आजिज पटेलले २ विकेट हात पारे।

यसैबीच न्युजिल्यान्ड शुक्रबार नै पहिलो इनिङ सुरुआत गरेको छ । राम्रो सुरुआत गरेको न्युजिल्यान्डले ताजा अवस्थामा २३ ओभरमा विनाक्षति ५५ रन बनाएको छ।

Facebook Comments Box