दोस्रो टेस्टमा न्युजिल्यान्ड २४७ रनले परातिज, अस्ट्रेलियाले जित्यो सिरिज

मेलबर्नमा भएकोे दोस्रो टेस्टमा न्युजिल्यान्डलाई २४७ रनले पराजित गर्दै अस्ट्रेलियाले ३ टेस्ट सिरिज एक खेल अगावै आफ्नो पक्षमा पारेको छ । यसअघि पर्थ भएको पहिलो टेस्ट अस्ट्रेलियाले २९६ रनले जितेको थियो । तेस्रो टेस्ट सिड्नीमा जनवरी ३ बाट सुरु हुने छ ।

मेलबर्नमा भएको टेस्टमा दोस्रो इनिङमा ४८८ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्ड अन्तिम दिन २४० रनमै अलआउछट भएपछि अस्ट्रेलियाले सहज जित निकालेको हो । न्युजिल्यान्का लागि ओपनर टम बालुन्डेलले शतकीय योगदान दिए पनि टिमको हार टार्न सकेनन् ।

बालुन्डेलले २१० बल खेल्दै १५ चौका प्रहार गर्दै १२१ रन बनाए । यस्तै हेनरी निकोल्सले ३३, मिचेल सान्टनले २७ र बिजे बाटलिङले २२ रन बनाए । न्युजिल्यान्डलाई सस्तैमा समेट्ने क्रममा नाथन लियोनले ४ विकेट लिए भने जेम्स प्याटिन्सनको नाममा ३ विकेट रह्यो ।

यसअघि अस्ट्रेलियाले पहिलो इनिङमा ४६७ रन बनाएको थियो । उसका त्रविस हेडले शतक बनाउँदा मार्नस लाबुसाङ, टिम पाइन र स्टेभन स्मिथले अर्धशतकीय योगदान दिए । हेडले ११४ रन बनाए भने स्मिथले ८५, पाइनले ७९ र लाबुसाङले ६३ रन बनाए । न्युजिल्यान्डका नेइल वाग्नरले ४ तथा टिम साउदीले २ र कोलिन डे ग्रान्डहोमले २ विकट लिए ।

न्युजिल्यान्ड भने पहिलो इनिङमा १४८ रनमै अलआउट भएको थियो । उसका ओपनर टम लाथमले ५० रन बनाउनु बाहेक अन्य कुनै पन िब्याट्सम्यानले गतिलो योगदान दिन सकेनन । अस्ट्रेलियाका पाट कुमिन्सले ५ विकेट लिए भने प्याटिन्सनले ३ र मिचेल स्टार्कले २ विकेट लिए ।

दोस्रो इनिङमा अस्ट्रेलियाले ५ विकेटको क्षतिमा १६८ रन बनाउँदै इनिङ डिक्लियर गरेको थियो । उसका डेविड वार्नरले ३८, जोए ब्रुन्सले ३५ र म्याथु वाडेले ३० रन बनाए । न्युजिल्यान्डका वाग्नरले ३ विकेट लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *