त्रिकोणात्मक सिरिजका नेपाली टिमको घोषणा, आसिफ र साहब पहिलो पटक राष्ट्रिय टिमम

नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गर्न लागेको बजाज पल्सर त्रिकोणातमक टि–२० सिरिजका लागि नेपाली राष्ट्रिय टिमको घोषणा गरिएको छ। सिरिजका लािग मुख्य प्रशिक्षक डेभ वाटमोरले बुधबार १५ सदस्यीय टिम घोषणा गरेका हुन् ।

नेपाली राष्ट्रिय टिममा पहिलो पटक ओपनर आसिफ सेख र मिडियम पेसर साहब आलमले पनि स्थान बनाएका छन्। गत महिना सम्पन्न प्रधानमन्त्री कप र काठमाडौं मेयर्स कप क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेपछि आसिफ र साहबले राष्ट्रिय टिममा स्थान बनाएका हुन्।

ज्ञानेन्द्र मल्लको कप्तानीमा घोषणा गरिएको टिममा आसिफ र साहबसँगै पारस खड्का, सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, करणा केसी, कुशल मल्ल, आरिफ सेख, सुशल भारी र विनोद भण्डारी छन् । यस्तै, कुशल भुर्तेल, अभिनाश बोहरा र कलमसिंह ऐरीले पनि टिममा स्थान बनाएका छन्।

बन्द प्रशिक्षणमा रहेका ललित नारायण राजवंशी, सन्दीप जोरा, बिक्रम सोब, पवन सर्राफ र लोकेश बम भने टाेलीमा परेनन्।

नेपाल, मलेसिया र नेदरल्यान्ड्स सम्मिलित टि–२० सिरिज डबल राउन्ड रोबिनका आधारमा हुनेछ । लिगका शीर्ष दुई टिमले उपाधिका लागि खेल्ने छन्। सिरिज खेल्ने नेदरल्यान्ड्स र मलेसियाको टिम मंगलबार नै नेपाल आइसकेका छन्।

वैशाख ४ देखि ११ गतेसम्म अयोजना हुने प्रतियोगिताका कीर्तिपुरस्थित टियू मैदानमा अयोाजना हुने छ। प्रतियोगिका खेल दिउँसो १ः१५ बाट सुरु हुने छ।

टियू मैदानमा हुने सिरिजको उद्घाटन खेलमा वैशाख ४ गते नेपाल र नेदरल्यान्ड्स भिड्न् छन् । यस्तै, नेपालले दोस्रो खेलमा वैशाख ६ गते मलेसियासँग खेल्ने छ भने तेस्रो खेल खेल नेदरल्यान्ड्ससँग वैशाख ७ गते खेल्नेछ । नेपालले लिग चरणको अन्तिम खेल मलेसियासँग वैशाख ९ गते खेल्ने छ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.