त्रिकोणात्मक सिरिजको उद्घाटन खेलमा नेपाल र नेदरल्यान्ड्यास भिड्दै

नेपाल, नेदरल्यान्ड्स र मलेसिया सम्मिलित त्रिकोणात्मक टि–२० सिजिर आजबाट कीर्तिपुरस्थित टियू मैदानमा सुरु हुँदैछ । कीर्तिपुरस्थित टियू मैदानमा दिउँसो १ः१५ बजे नेपाल र नेदल्यान्ड्सबीचको खेलसँगै सिरिज सुरु हुने छ । नेपाल आयोजना भएको यो पहिलो टि–२० सिरिज हो।

कोरोना भाइरसको महामारीका कारण खेलमा हेर्न टियू मैदानमा सीमित दर्शकलाई मात्र अनुमति दिइने छ। नेपाली राष्ट्रिय टिमले १४ महिनापछि कुनै पनि खेल खेल्न लागेको हो।

नेपालले पछिल्लो पटक सन् २०१९ मा ओमानमा भएको पेन्टागुलर सिरिजमा नेदरल्याण्ड्ससँग खेलेको थियो । जसमा नेपाल ४ विकेटले विजयी भएको थियो।

नेदरल्याण्ड्स टी–२० मा नेपालको लागि परिचित प्रतिस्पर्धी समेत हो जोसँग नेपालले ६ वटा टी–२० अन्तर्राष्ट्रिय खेल खेलेको छ । जसमा नेदरल्याण्ड्स ३ खेलमा विजयी हुँदा नेपालले २ खेल जितेको छ।

पारस खड्काले चोटका कारण त्रिकोणात्मक ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखला नखेल्ने भएका छन् । अघिल्लो आइतबार फिल्डिङका क्रममा उनलाई दाहिने काँधमा चोट लागेको थियो, जसका कारण मांसपेसी अलिकति च्यातिएको खेल्न नसक्ने भएको पारसले सामाजिक सन्जालमार्फत जनाएका छन् ।

पछिल्लो ५ दिन डाक्टरको सल्लाह र पर्यवेक्षणअनुसार अबको २–३ साता रिह्याब र फिजियोथेरापी गर्नुपर्ने भएकाले घरेलु मैदानमा हुन लागेको प्रतियोगिता आफूले गुमाउन लागेको पारसले जनाएका छन् । पारसले ट्वान्टी–२० मा नेपालबाट सर्वाधिक १ हजार ३ सय १७ रन बनाएका छन् । पारसको स्थानमा सन्दीप जोरालाई १४ सदस्यीय टोलीमा समावेश गरिएको छ ।

नेपाल भर्सेस नेदरल्याण्ड्स हेड टु हेड

कुल खेल : ८

नेपाल विजयी : २

नेदरल्याण्ड्स विजयी : ५

नो रिजल्ट :१

टी२० आई खेल : ६ खेल

नेदरल्याण्ड्स विजयी : ३

नेपाल विजयी : २

नो रिजल्ट : १

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.