त्रिकोणात्मक सिरिजको समय परिवर्तन

नेपाल क्रिकेट संघ (क्यान)ले त्रिकोणात्मक टि–२० सिरिजको परिवर्तन गरेको छ । वैशाख ४ देखि ११ गतेसम्म हुने कीर्तिपुरस्थित टियू मैदानमा त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजको खेल दिउँसो २ः१५बाट सुरु हुने भनिए पनि क्यानले समय १ घण्टा अगाडि सारेको छ।

क्यानले प्राविधिक कारण खेलको समय परिवर्तन गरिएको जनाएको छ । अब सिरिजका प्रत्येक खेल दिउँसो १ः१५ मा हुने छ।

वैशाख ४ देखि ११ गतेसम्म कीर्तिपुरस्थित टियू मैदानमा हुने सिरिजको उद्घाटन खेल नेपाल र नेदरल्यान्ड्स भिड्न् छन् । यस्तै, नेपालले दोस्रो खेलमा वैशाख ६ गते मलेसियासँग खेल्ने छ भने तेस्रो खेल खेल नेदरल्यान्ड्ससँग वैशाख ७ गते खेल्नेछ । नेपालले लिग चरणको अन्तिम खेल मलेसियासँग वैशाख ९ गते खेल्ने छ।

डबल राउन्ड रोबिन लिगका आधारम हुने प्रतियोगितामा लिगका शीर्ष दुई टिम फाइनल पुग्ने छन् । प्रतियोगिताका खेल टियू मैदानमा १२ः१५ र २ः१५मा सुरु हुने छन् लामोसमयसम्म अन्तर्राष्ट्रिय प्रतियोगिता नभएपछि क्यनले त्रिकोणात्मक सिरिज आयोजना गरेको हाे।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.