त्रिकोणात्मक सिरिजको टिकट मूल्य १५० मात्र

नेपाल क्रिकेट संघ (क्यान) ले त्रिकोणात्मक टि–२० सिरिजको टिकट मूल्य १५० रुपैयाँ तोकेको छ। क्यानले नेपाल, नेदरल्यान्ड्स र मलेसिया सम्मिलित टि–२० सिरिजको टिकट मूल्य १५० रुपैयाँ तोकेको हो।

प्रतियोगिता आगामी वैशाख ४ देखि ११ गतेसम्म कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने छ । डबल राउण्ड रोबिनको आधारमा हुने सिरिजको शीर्ष दुई टिमले उपाधिका लागि फाइनल खेल्नेछन् ।

सिरिजका लागि क्यानले २० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ । नेपाली टिमको बन्द प्रशिक्षण आजैबाट सुरु भएको छ।

कोरोना महामारीका लामो समयसम्म अन्तर्राष्ट्रिय प्रतियोगिता नभएपछि क्यानले त्रिकोणात्मक सिरिज आयोजना गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *