अपराजित रहँदै ट्रिनबागोले जित्यो सिपिएल उपाधि

क्यारेबियन प्रियिमर लिग (पिपिएल)को उपाधि ट्रिनबागो नाइट राइडर्सले जितेको छ । ट्रिनिडाडस्थित ब्रायन लारा क्रिकेट एकेडेमीका बिहीबार राति भएको फाइनलमा सेन्ट लुसिया जुक्सलाई ८ विकेटले पराजित गर्दै ट्रिनबागोले अपराजित रहँदै सिपिएल उपाधि जितेको हो । यो ट्रिनबाथोको चौथो सिपिएल उपाधि हो ।

चौथो उपाधि यात्रामा ट्रिनबागोले १२ खेल जित्यो । लिग चरणमा १० र सेमिफाइनल र फाइनल थियो । सेमिफाइलनमा ट्रिनबागोले जमैका तलावासलाई हराएको थियो भने जुक्सले गुयाना अमेजोन वारियर्सलाई हराएको थियो ।

ट्रिनबागोलाई च्याम्पियन बनाउने क्रममा कप्तान काएरन पोलार्ड बलिङमा र लेन्डल सिमोन्स ब्याटिङमा चम्किए । पहिला ब्याटिङ गर्दै जुक्सले लदएको १५५ रनको लक्ष्य ट्रिनबागोले १८.१ ओभरमा २ विकेट मात्र गुमाएर पूरा गरेको हो ।

ट्रिनबागोका लागि सिमोन्सले अविजित रहँदै सर्वाधिक ८४ रनको उत्कृष्ट पारी खेले । यस्तै डारेन ब्राभोले अविजित ४८ रन बनाए । सिमोक्सले ४९ बल खेल्दै ८ चौका र ४ छक्का प्रहार गरे भने ब्राभोले ४७ बल खेल्दै २ चौका र ६ छक्का प्रहार गरे ।

टि«ओन वेबस्टर ५ र टिम साइफर्ट ४ रन बनाएर आउट हुँदा ट्रिनबागोले १९ रनमा २ विकेट गुमाएको थियो । तर, त्यसपछि सिमोन्स र ब्राभोले तेस्रो विकेटका लागि शतकिय साझेदारी गरे । यी दुईले अविजित १३८ रनको साझेदारी गरे । जुक्सका स्कट कुगेलिन र रोस्टन चेसले १–१ विकेट लिए ।

TAROUBA, TRINIDAD AND TOBAGO – SEPTEMBER 10: Lendl Simmons (R) of Trinbago Knight Riders hits 6 and Andre Fletcher (L) of St Lucia Zouks watch during the Hero Caribbean Premier League Final match 33 between Trinbago Knight Riders and St Lucia Zouks at Brian Lara Cricket Academy on September 10, 2020 in Tarouba, Trinidad And Tobago. (Photo by Randy Brooks – CPL T20/CPL T20 via Getty Images)

टस हारेर पहिले ब्याटिङ गरेको जुक्सले १९.१ ओभरमा सबै विकेट गुमाएर १५४ रन बनाएको थियो । जुक्सका लागि आन्द्रे फ्लेचरले सर्वाधिक ३९ रन बनाए । यस्तै ओपनर मार्क दयाले २९, नजिबुलाल्ह जद्रानले २४ तथा रोस्टन चेसले २२ रन बनाए । ट्रिनबागोका कप्तान पोलार्डले ४ विकेट लिए । पोलार्डले ४ ओभरमा ३० रन खर्चिए । यस्तै अली खान र फवाद अहमदले २–२ विकेट लिए ।

ट्रिनबागोलई अपराजित बनाउँदै उपाधि जिताउन नेतृत्व गरेका पोलार्ड म्यान अफ दि सिरिज घोषित भए । उनले लिगभर ११ खेल खेल्दै २०७ रन बनाए भने बलिङमा ८ विकेट लिए । ट्रिनबागोले यसअघि २०१५, २०१७ र २०१८ मा उपाधि जितेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *