इंग्ल्यान्डको बंगलादेश भ्रमण स्थागित, टि–२० विश्वकपपछि हुन सक्ने
Read Time:1 मिनेट
इंग्ल्यान्डको बंगलादेश भ्रमण स्थगित भएको छ। भारतविरुद्धको सिरिज लगत्तै इंग्ल्यान्डले बंगलादेश भम्रमण गर्ने कार्यक्रम थियो, तर दुवै देशको क्रिकेटको बोर्डको सल्लाहमा भ्रमण स्थगित भएको हो।
आगामी सेप्टेम्बर–अक्टोबरका लागि टि–२० र एकदिवसीय सिरिज तय भएको थियो । दुवै देशको क्रिकेट बोर्डले इंग्ल्यान्ड र बंगलादेशबीचको सिरिज तत्कालका लागि मात्र स्थगित भएको उल्लेख गरेका छन् । सिरिजको मिति पनि चाँडै तय हुने बताइएको छ।
‘सिरिज सन् २०२२ मै या सन् २०२३ को सुरुआतमै हुन्छ । सम्भवतः टि–२० विश्वकपपछि सिरिज हुने सम्भावना छ,’ बंगलादेश क्रिकेट बोर्डका कार्यकारी प्रमुख निजामुद्दित चौधरीले भने।