पोखरा प्रिमियर लिगमा भारतीय खेलाडी

यही कात्तिक ९ गतेदेखि पोखरामा हुने पोखरा प्रिमियर लिग (पिपिएल)का लागि चितवन राइनोजले दुई भारतीय खेलाडी अनुबन्ध गरेको छ ।

क्विन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालिले आयोजना गरेको प्रतियोगिता कात्तिक २० सम्म सञ्चालन हुनेछ । कप्तान पारस खड्का मार्की प्लेयर रहेको राइनोजले भारतका सन्नी पटेल र समित पटेललाई टिममा अनुबन्ध गरेको हो । दुवै खेलाडीले भारतका स्थानीय प्रतियोगिताका खेलेका छन् भनेसन्नीले काठमाडौंमासमेत खेलिसकेका छन् ।

प्रतियोगितामा चितवन राइनोज, विराटनगर टाइटन्स, बुटवल ब्लास्टर्स, पोखरा पल्टन, एक्स्पर्ट धनगढी ब्लुज र हुलास काठमाडौं रोयल्स गरि ६ टिम सहभागी हुनेछन् । चितवन राइनोजमा युवा व्यवसायी राहुल महरासहितको टोलीको स्वामित्व रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP