यू–१९ एसिया कप : नेपालले भारतको सामाना गर्ने

बंगलादेशमा शनिबारबाट सुरु हुने यू–१९ एसिया कप क्रिकेको उद्घाटन खेलमा नेपालले शनिबार भारतको सामना गर्ने छ । यस्तै शनिबार नै सोही दिन अफगानिस्तान र युएई, हङकङ र पाकिस्तान, श्रीलंका र बंगलादेश भिड्ने छन् ।

शनिबार नेपाल भारतविरुद्ध मैदानमा उत्रँदा निश्चित जितको लक्ष्यका साथ मैदानमा उत्रने छ । गत संस्करणको एसिया कपमा नेपालले भारतलाई पराजित गरेकाले नेपालेको मनोबल उच्च छ ।

मलेसियामा भएको उक्त प्रतियोगितामा समूह चरणको खेलमा नेपालले भारतलाई १९ रनले पराजित गरेको थियो । त्यतिबेला नेपाल पहिलो पटक प्रतियोगिताको सेमिफाइनलमा पुगेको थियो भने भारत भने समूह चरणबाटै बाहिरिएको थियो ।

यू–१९ एसिया कप क्रिकेटमा नेपाल समूह एमा छ । समूह एमा नेपालसहित भारत, अफगानिस्तान र युएई छन् । यस्तै समूह बीमा आयोजक बंगलादेश, पाकिस्तान, हङकङ र श्रीलंका छन् ।

नेपालले असोज १५ गते दोस्रो खेलमा अफगानिस्तानको सामाना गर्ने छ । सोही दिन बंगलादेश र पाकिस्तान पनि आफसमा भिड्ने छन् । यसअघि असोज १४ गते भारत र युएई, हङकङ र श्रीलंकाबीच खेल हुने छ ।

यस्तै नेपालले समूह चरणको अन्तिम खेलमा असोज १६ गते युएईको सामाना गर्ने छ । सोही दिन अफगानिस्तान र भारत, पाकिस्तान र श्रीलंका, बंगलादेश र हङकङबीच पनि खेल हुने छ । समूहका शीर्ष दुई टिमले समेफिाइलनमा स्थान बनाउने छन् ।

नेपाली यू–१९ टिम
नेपाल आसिफ सेखको कप्तानी मैदानमा उत्रने छ । नेपाली टोलीको उपकप्तानमा कमलसिंह ऐरी छन् । यस्तै टोलीका अन्य सदस्यमा रोहितकुमार पौडेल, रवि शाह, नन्दन यादव, रित गौतम, पवन सर्राफ छन् ।

यस्तै, रविन्द्रजंग शाही, रसिद खान, भीम सार्की, तृतराज दास, सन्दीप जोरा, सागर ढकाल, अरुण ऐरी र सुर्य तामाङले पनि यू–१९ टिममा स्थान बनाएका छन् ।

नेपाली टिमको मुख्य प्रशिक्षकमा विनोद दास छन् भने मनोज कटुवाल सहायक प्रशिक्षक छन् । यस्तै शक्ति गौचनले पहिलो पटक व्यवस्थापकको भूमिका निर्वाह गर्नेछन् । नेपाली टोलीको फिजियोमा विक्रम न्यौपाने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *