यू–१९ राष्ट्रिय क्रिकेटमा बागमती र प्रदेशको जित

Read Time:2 Minute

काठमाडौंमा जारी यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले आफ्नो अपराजित यात्रालाई कायमै राखेको छ। टियु क्रिकेट मैदानमा भएको खेलमा बागमतीले कर्णाली प्रदेशलाई ७ विकेटले पराजित गरेको हो ।

कर्णालीले दिएको १३१ रनको लक्ष्य बागमतीले ३०.१ ओभरमा ३ विकेटको क्षतिमा भेट्टायो । बागमतीको जितमा कप्तान अशोक पौडेलले ६४ बलमा ५९ रनको अर्धशतकीय इनिङ खेले । यस्तै लकी कडायतले ९२ बलमा अविजित ५१ रनको योगदान दिए।

कर्णालीका लागि अनुज चुनारा,युनिश सिंह र आवास शाहले समान १–१ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको कर्णालीले ३६.२ ओभरमा अलआउट हुदै १ सय ३० रन बनाएको थिाये। उसका लागि कप्तान विपीन रावलले ९२ बलमा ६८ रन बनाए भने मनिष थापाले २५ रन बनाए । अन्ययले गतिलो योगदान दिन सकेनन्।

बागमतिका साकारिय कार्कीले ५ विकेट लिए भने अहमद राजाले ३ विकेट लिए।

अपराजित बागमती जित हात पारेर ८ अंक सहित अंक तालिकाको दोस्रो स्थानमा कायमै छ । बागमतीसँग पराजित कर्णाली प्रतियोगिताबाट बाहिरिएको छ ।

यस्तै मंगलबार नै भएको अर्को खेलमा प्रदेश १ ले मधेश प्रदेशमाथि सहज जित हात पारेको छ । मुलपानी क्रिकेट मैदानमा भएको खेलमा मधेशमाथि प्रदेश १ ले १० विकेटको जित हात पारेको हो ।

खराब मौसमका कारण केही ढिला सुरु भएको खेल ४५ ओभरमा झारिएको थियो । मधेशले दिएको ७१ रनको सामान्य लक्ष्य प्रदेश १ ले १९.२ ओभरमा विना क्षति भेट्टायो।

त्यसअघि पहिले ब्याटिङ गरेको मधेशले ३१।३ ओभरमा अलआउट हुँदै ७० रन बनाएको थियो । मधेशका लागि मयन यादवले १९ तथा डब्लु मल्लिकले १२ रन बनाए । प्रदेश १ का दीपेश कँडेल र विपिन महताले समान ३ विकेट लिए।

जितसँगै प्रदेश १ ले फाईनल पुग्ने सम्भावना जिवित राखेको छ । प्रदेश १ को ४ खेलबाट ४ अंक भएको छ । मधेश ३ खेलमा अंकबिहिन रहेर अंक तालिकाको पुछारमा रहेको छ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post कतारमा इरान र अमेरिकाको युद्ध, कसले जित्ला ?
Next post २० वर्षपछि सेनेगल विश्वकपको नकआउटमा
Close