श्रीलंकासँगको हारसँगै एसिया कपबाट बाहिरियो नेपाल

Read Time:2 Minute

युएईमा भइरहेको एसीसी यू–१९ एसिया कपबाट नेपाल बाहिरिएको छ। प्रतियोगितामा लागतार दुई हार बेहोरोपछि नेपाल बाहिरिएको हो।

समूह बीमा रहेको नेपाल पहिलो खेलमा बंगलादेशसँग १५४ रनले पराजित भएको थियो । नेपालले समूहको अन्तिम खेल कुवेतसँग खेल्ने छ। यो समूहबाट समान २ खेल जित्दै बंगलादेश र श्रीलंका सेमिफाइनलमा प्रवेश गरेका छन्।

आइतबार भएको खेलमा नेपाल श्रीलंकासंग ६० रनले पराजित भयो । श्रीलंकाले दिएको ३२३ रनको विशाल लक्ष्य पछ्याएको नेपालले ४७.५ ओभरमा सबै विकेट गुमाएर २६२ रन बनायो ।

नेपालको लागि विकेटकिपर अर्जुन साउदले सर्वाधिक ६४ रन बनाउँदा विवेक यादवले ४६, वासिर अहमदले ४३, बसन्त कार्कीले ३४ र कप्तान देव खनालले २८ रन बनाए । श्रीलंकाका रविन डे सिल्भा र माथिस पाथिरानाले समान ३ विकेट लिए ।

सारजहा क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले ५० ओभरमा ४ विकेट गुमाएर ३२२ रन बनाएको थियो । श्रीलंकाका सदिशा राजापाक्षे र चामिन्दु विक्रमासंगेले शतक प्रहार गरेपछि श्रीलंकाले ठूलो योगफल बनायो ।

श्रीलंकाका लागि सदिशा राजपाक्षेले सर्वाधिक १३१ रन बनाए । यस्तै ओपनर चामिन्दु विक्रमासिंगेले १११ रन जोडे । ३९ रनमा पहिलो विकेट गुमाएका श्रीलंका लागि सदिशा र चामिन्दुले २२३ रनको शानदार साझेदारी गरे । नेपालका मोहम्मद आदील आलमले २ तथा कप्तान देव खनाल र विवेक यादवले समान १ विकेट लिए ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post नेपाली पुरुष भलिबल टिम श्रीलंकासँग पराजित
Next post थ्री स्टारसँग रोकियो आर्मी, उपाधि होडबाट टाढिँदै
Close